बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान दक्षिण एसियाकै नमुना मेकिडल कलेज मानिन्छ । यहाँको उपचार सेवा पनि राजधानी पछिको उत्कृष्ट मानिदैं आएको छ । सार्क राष्ट्रका विद्यार्थीहरु अध्ययनका लागि आउने तथा प्रदेश १ र २ का सबैजसो जिल्लाबाट विरामीहरु उपचारको लागि रिफर हुने प्रतिष्ठान बाहिरी रुपमा जति ख्याति कमाएको छ, भित्री रुपमा यसको अवस्था खस्केको छ । २५ बर्षे इतिहास बनाएको प्रतिष्ठानमा अयोग्य चिकित्सकहरु भएर अवस्था विग्रिएको होइन । यहाँका पदाधिकारीहरुको जुँगाको लडाईले गर्दा प्रतिष्ठान धारासायी बन्दैं गएको छ ।
‘मै खाउ मैलगाई सुख सयल मोज मै गरु, अरु सब मरुण्न दुर्वलहरु’ भनेर कविशिरोमणी लेखनाथ पौडेलले भने झै यहाँका पदाधिकारीहरुको जुँगाको लडाईले यहाँको शिक्षा तथा स्वास्थ्य उपचार सेवा खस्केको मात्र होइन अत्यन्तै बनेको छ । पदबाट हटाउने र आफु पुग्ने खेल सिनेट बैठकदेखि प्रधानमन्त्रि कार्यालयसम्म पुगेको छ । अस्पताल बाहिरबाट उपकुलपति छानिदै आउदा प्रतिष्ठान राम्रै चले पनि पछि प्रतिष्ठानकै प्राडा वीपी दासदेखि प्राडा राजकुमार रौनियारसम्म आइपुग्दा बीपीको साँख ओरालो लागेको छ ।
प्रतिष्ठानमा पूर्व उपकुलपति ‘दास एण्ड कम्पनि’ र वर्तमान उपकुलपति ‘रौनियार एण्ड कम्पनि’ हावी हुदा यहाँको काम प्रभावित भएको छ । एकले अर्कालाई गिराउने खेलले यहाँको स्थिति जर्जर बनेको छ । त्यसलाई मलजल गर्ने आसेपासहरुले मोटाएका छन् । विमारीहरुबाट लुटेर पदाधिकारीहरुले आफ्नो पद जोगाउने र अरुको खुस्काउने खेल खेल्नु स्वभाविक मान्न सकिदैंन । उत्कृष्ट सेवा पाइने अस्पताल भनेर टाडाबाट आउने विमारी अन्तिम अवस्था भए पछि ‘मेसिन छैन्, आइसियु छैन्’ भन्दैं विमारी नीजी अस्पतालहरुमा रेफर गर्दा बीपी प्रतिष्ठानको नाम ‘शुभ’ मान्न सकिदैंन । अव नागरिक स्तरबाट बीपीको वेथितीबारे गम्भीर चासो नदेखाउने हो भने विपन्न नागरिकबाट उपचारको नाममा कमाएको पैसा पदााधिकारीहरुको जागिर जोगाउन मन्त्रि, नेता र आसेपासेलाई पोस्ने विवाय केही हुने छैन् । अव नागरिकमा चेतना हुनु जरुरी छ ।
बीपी प्रतिष्ठान धरानेहरुको गहना हो । धरानमा ल्याउन यहाँका धराने जनताले ठूलो संघर्ष गरेको इतिहास छ । यति बेला ‘ठेकेदार’उक्साहटमा उपकुलपति रौनियार र रजिष्टार तुलबहादुर श्रेष्ठहरुले फोहोरी खेल खेल्नु किमार्थ राम्रो होइन । यसको हिसावकिताव अव धराने जनताले खोज्नु पर्दछ । उपकुलपति रौनियारलाई हटाउन सिनेट बैठकबाट सिफारिस भएको अवस्था छ । लामो समयसम्म पनि कुलपतिले मुद्धालाई किनारा नलगाए प्रतिष्ठानलाई झन जर्जर बनाउने र चलखेल गर्ने मौका दिनु उचित होइन । दोषीलाई करार गर्दै यहाँको समस्याबारे स्वास्थ्य मन्त्रि र प्रधानमन्त्रि पनि जिम्मेवार हुनु जरुरी छ । प्रतिष्ठानलाई अनिर्णयको बन्दी बनाएर जिम्मेवार निकायले काममा तेल हालेर बस्नु धरानेका लागि अन्याय हुने छ
प्रतिष्ठानमा ‘दास एण्ड कम्पनि’ र ‘रौनियार एण्ड कम्पनि’ हावी
बीपी प्रतिष्ठानलाई जोगाउन धराने जाग
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































