बिर्तामोड / चौथो मगमग झापा गोल्डकप अन्तर्गतको दोस्रो दिन आइतबार भएको खेलमा विभागीय टिम एपीएफ क्लबले मोरङ ११ लाई ०–१ को गोलअन्तरको नतिजा निकाल्दै क्वाटफाइनलमा प्रवेश गरेको छ । एपिएफले मोरङका तीन जना खेलाडी काठमाण्डौको अन्य क्लबमा अनुबन्धित भएको भनेर अपिल गरेपछि २३ मिनेट खेल रोकिएको थियो । मोरङले अन्य क्लबको रिलिज पेपर देखाउन नसक्दा खेल रोकिएको थियो । तर, एपीएफको माथिल्लो निकायबाट खेल खेल्न निर्देशन पछि खेल पुनः सुचारु भएको थियो ।
दोश्रो हापको ९औं मिनेटमा एपीएफले अग्रता लिन सफल भएको थियो । मोरङका गोलरक्षक किशोर गिरी अगाडी बडेको समयमा रमेश दंगालको हेडरमा हरि कार्कीले हेड गदैं एपिएफले एक गोलको अग्रता लियो । यो गोल नै एपीएफका लागि निर्णायक बन्यो ।
एपीएफका प्रशिक्षक रत्नकाजी महर्जनले फिफाको नियमानुसार मोरङका खेलाडी बिरुद्ध अपिल गरेकाले केही समय खेल रोकिएको बताएका छन् । उनले निरन्तर खेल्नुपर्दा मा्रङसँग कठिन जित निस्किएको बताए । यता मोरङका प्रशिक्षक सञ्जिव बुढाथोकीले मानसिक रुपमा दवाव दिएर र खेलाडीमा बिवाद झिकेर प्रेसरमा खेल्दा पराजित भएको प्रतिक्रिया दिए । भोलीको खेल