धरान / सुनसरीका किरात राई पत्रकारहरुले किरात राई पत्रकार संघका केन्द्रीय अध्यक्ष भीम राईलाई निलम्बन गर्न माग गरेका छन् ।
सुनसरीमा लामो सयमदेखि संघमा भएको विवादलाई मिलाउनुको सट्टा किरात राई पत्रकार संघका केन्द्रीय अध्यक्षले एकपक्षीय रुपमा विज्ञप्ती निकालेर विशाल राई अध्यक्ष भएको संघको जिल्ला समितिलाई आधिकारिक भएको सार्वजनिक गरे पछि उनीहरुले शनिवार विज्ञप्ति जारी गरि निलम्बनको माग गरेका हुन ।
मंसिर १६ गते पत्रकार संघका केन्द्रीय अध्यक्ष भिम राईले प्रेस विज्ञप्ती निकालेर विशाल राईको टिमलाई आधिकारिकता दिएको जनाएका थिए । तर, सुनसरीमा प्रविण राईको अध्यक्षतामा अत्यधिक संख्यामा सक्रिय राई पत्रकारहरु समेटिएको किरात राई पत्रकार संघ गठन भएको उनीहरुले जनाएका छन् । केन्द्रीय अध्यक्षले प्रविण राई नेतृत्वको संघसँग कुनै छलफल वा विवाद समाधान गर्न पहल नगरी एकपक्षीयरुपमा विज्ञप्ती निकाले सुनसरीमा झन विवाद चर्किएको छ ।
शनिवार नै संघका पूर्व केन्द्रीय उपाध्यक्ष जनकऋषि राई, जिल्ला सल्लाहाकारहरु उपेन्द्र चाम्लिङ, राेहित राइ, विकास राईलगायतको टोलीले यायोख्याका केन्द्रीय अध्यक्ष तिलक राई र जिल्ला अध्यक्ष कमला राईलाई छुट्टा छ्ट्टै भेटी ज्ञापन पत्रसमेत बुझाएका छन् । आफुहरुले बहुमत पत्रकाहरुसहितको उपस्थितिमा अबिधेशन गरि समिति बनाएको प्रमाणसहित बैठकको माईनुटसमेत बुझाएको संघका सचिव शिशिर राईले जानकारी दिए । उक्त जानकारी केन्द्रीय कार्यालयमा समेत पठाइएको उनले बताए ।
संघले गैर पत्रकारहरुको समुहलाई आधिकारिकता दिएको बिषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । केन्द्रीय अध्यक्षले धरान आएर औपचारिकरुपमा छलफलै नगरी कोठे बैठकबाट विज्ञप्ती जारी गरिएको प्रति आपति भएको उनीहरुले जनाएका छन् ।