पाँचथर (ब्लाष्ट) नेपाल कम्युनिष्ट पार्टी एक नम्बर प्रदेश कमिटिमा पाँचथरले ११ जना सदस्य पाएको छ ।

कमिटीमा पूर्वनेकपा एमालेबाट पाँच जना र पूर्व माओवादी केन्द्रबाट छ जना गरी ११ जना सदस्य पाँचथरबाट परेका हुन् । प्रदेश कमिटी सदस्यमा पूर्व नेकपा एमालेबाट राजकुमार भण्डारी, कमलप्रसाद जबेगु, विद्या राई, नरेन्द्र बस्नेत र उपेन्द्र दङ्गाल मनोनित भएका छन् ।

त्यस्तै पूर्वमाओवादी केन्द्रबाट हर्क नेम्बाङ, सीता थेबे, होम जबेगु, बिशाल रसाइली, अमरसिंह थापा र दिनेश लाओती सदस्यमा अटेका हुन् ।

नेकपाको मङ्सिर १२ गते सम्पन्न सचिवालयको १७ औं बैठकले सदस्य मनोनयन गरी प्रदेश कमिटीहरूलाई पूर्णता दिने निर्णयअनुसार पूर्व नेकपा एमालेबाट १२२ र पूर्व माओवादी केन्द्रबाट ८५ सदस्य एक नम्बर प्रदेश कमिटिमा मनोनित भएका हुन् ।