ताप्लेजुङ / कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको हत्या भएको चार महिना बितिसक्दा पनि सरकारले दोषी पत्ता लगाउन नसकेको भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज ताप्लेजुङमा प्रदर्शन गरेको छ ।
सरकार लाचार भएको भन्दै निर्मलाको मुद्धा नेकपाले उठान गर्न शुरु गरेको छ । केपी ओली सरकारले बहुमतको आडमा अपराधीलाई लुकाएको उनीहरुले आरोप लगाए । पार्टीले हत्यारालाई तत्काल सार्वजनिक गर्नुपर्ने माग गरेको छ ।
विरोध कार्यक्रममा सो पार्टीका जिल्ला इन्चार्जसहित नेता कार्यकर्ताको उपस्थिती रहेको थियो । उनीहरुले यो सरकारलाई नालायक सरकारको संज्ञा दिएका थिए । विरोधको कार्यक्रम विप्लवले देशै भर गरेको छ । कञ्चनपुर उनीहरुले व्यापक विरोधको कार्यक्रम गरेका थिए ।