इटहरी/एक नम्बर प्रदेशको मुख्यमन्त्री शेरधन राईले देशको सञ्चारको विकास तीव्र भएको बताएका छन् ।

उनले सञ्चारको विकासले देश विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताएका हुन् । पछिल्लो समय सामाजिक सञ्जाल अनलाइनहरूको संख्या बढ्दै गएको उनको भनाइ थियो । इटहरीबाट सञ्चालित प्रदेश पोर्टल डटकमको उद्घाटनका क्रममा उनले यस्ताे बताएका थिए । 

कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, सांसद सर्वध्वज साँवा, पत्रकार बिक्रम लुइटेल, अमर खड्कालगायतले बोलेका थिए । जीवन पराजुलीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।