जनकपुर/ जनकपुरमा प्रदेश न २ का उद्योग, पर्यटन, बन तथा वातावरण राज्य मन्त्री माननिय सुरेशकुमार मण्डलले आज जन्मदिनको अवसरमा बृक्षारोपण गरेका छन् ।
जनकपुर स्थित ऐतिहासिक धार्मिक पर्यटकीय स्थल संकट मोचन मन्दिर र मणीमण्डपमा बिशेष पुजा अर्चना गरी दुबै स्थानमा रुद्राक्षको बिरूवा रोपेर जन्मदिन मनाएका छन । जन्मदिनकै अवसरमा संकटमोचन मन्दिरमा मन्दिरको प्रागंनमा पालाष्टिक झोलालाई निरूत्साहन गर्नुपर्छ र कपडाको झोला प्रयोगमा ल्याउनुपर्छ भनी सन्देश प्रवाह गरेका छन्।
सो कार्यक्रममा प्रदेश न २ का उद्योग, पर्यडन, बन तथा वातावरण राज्य मन्त्री माननिय सुरेशकुमार मण्डले कपडा झोललााई प्रोत्साहन गर्न कपडा झोला बितरण तथा प्रदर्शन गर्नुभयो ।
उक्त कार्यक्रममा सामाजिक अभियन्ता एंव प्रदेश सभा सदस्य माननीय राम अशिष यादवको समेत उपस्थिति थियो ।
प्रदेश न २ का उद्योग, पर्यडन, बन तथा वातावरण राज्य मन्त्री माननिय सुरेशकुमार मण्डल र सामाजिक अभियन्ता एंव प्रदेश सभा सदस्य माननीय राम अशिष यादबले संयुक्त रुपमा जनकपुर स्वच्छता अभियानको सुचनामुलक होर्डिगं बोर्ड समेत गाडेका थिए ।
त्यसैगरी कार्यक्रममा सामाजिक तथा सरसफाई अभियन्ता स’रेश शर्मा, अमरचन्द्र अनिल लगायत युवा अभियानीहरुको उल्लेख्य सहभागिता रहेको थियो।