धरान / धरानस्थित डिपोट उच्च माविले आफुले विद्यालय संचालनको प्रयोजनका लागि भोगाधिकार पाएको ३ विघा जग्गालाई विद्यालय परिसरमै फनपार्क निर्माण गर्न लिजमा दिए पछि विवादमा परेको छ ।
सरकारले वीपी कोइराला स्वाास्थ्य विज्ञान प्रतिष्ठानलाई दिएको थियो । प्रतिष्ठानले विद्यालय संचालनका लागि जग्गा दिए पनि शैक्षिक गुठी अन्र्तगत संचालित विद्यालयले पैसा कमाउने प्रयोजनमा भाडामा दिए पछि विवाद उत्पन्न भएको हो ।
भोगाधिकार मात्र पाउने गरी सरकारले दिएको जग्गा ३० वर्षको लागि व्यापारिक संस्था इजीराईडर गु्रप प्रालिलाई लिजमा दिदा ‘पूर्ण स्वामित्व, तिरो, भोग र दर्ता’ भएको जस्ता शब्द प्रयोग गरि लिखत तयार गरिएको फेला परे पछि प्रतिष्ठान प्रशासनले आपति जनाएको छ ।
प्रतिष्ठानका शिक्षक, कर्मचारी र विद्यार्थीहरुले वीपी केआइएचएस डिपोट बचाऔं संघर्ष समिति गठन गरी विरोध गर्दै आएको छ । आईतबार मातपोत कार्यलय धरानमा पुगी जग्गाको स्वामित्वबारे समितिले बुझेको छ । डिपोट मावि र इजीराईडरविच २०७४ जेठ ३ गते भएको सम्झौतामा मालपोत कार्यलय साची बस्दा भएको कमजोरीबारे जानकारी गराएको संघर्ष समितिका संयोजक डा. विष्णु पोखरेलले जानकारी दिए । बार्षिक १८ लाख भाडा तिर्ने गरी ३० बर्षे लिज सम्झौता भएको थियो । सम्झौतामा कम्पनीले उक्त जग्गामा अत्याधुनिक पेट्रोल पम्प, होटल, सिनेमा हल, रेष्टुरेष्ट, सुपर मार्केट, नर्सिङ होम, रिसोर्ट, ड्राइभिङ सेन्टरलगायत विभिन्न योजना बनाउने भन्ने उल्लेख छ । अस्पताल र विद्यलाय परिसरमा यस्ता संरचना बनाउन दिएको प्रति स्थानीयले विरोध गर्दै आएका छन् ।
संघर्ष समितिका संयोजक डा. विष्णु पोखरेल, सदस्य–सचिव सुजेन्द्र तामाङ, सदस्यहरु डा राजु रिजाल, डा. अभिषेक अमर र निलकुमारी गिरी थापालगायतको टोली मालपोत कार्यालय धरानमा गएर सोधपुछ गर्दा पूर्ण स्वामित्व, तिरो, भोग र दर्ता’ भएको लिखतमा साची बस्न मालपोतको कमजोरी भएको कार्यालय प्रमेख दिलशेर राईले बताए । विद्यालय प्रयोजनाका लागि मात्र भोगाधिकार पाएको जग्गा लिखत करारनामामा डिपोट स्कुलको पूर्ण स्वमित्वमा रहेको भनि मालपोत कार्यालयले साक्षी बसी प्रमाणित गर्दा सोही लिखतलाई टेकेर प्रालिले अलालतबाट स्टेअर्डर समेत लिएको छ ।
अव अदालतको आदेशले मात्र यसलाई सच्चाउन मिल्ने प्रमुख राईले बताएका छन् ।
कम्पनिले मालपोतका कर्मचारीहरुलाई समेत गुमरामा पारेर सरकार जग्गा हडप्न ठूलै चलखेल भएको विपी प्रतिष्ठान कर्मचारी कल्याण समाजका अध्यक्ष तथा संघर्ष समितिका सचिव सुजेन्द्र तामाङले बताए । विद्यालयले लोभमा परेर जग्गा नै अर्काले हडप्ने गरि लामो समयसम्म लिजमा दिएको विरुद्ध फिर्ताको माग गर्दै प्रतिष्ठानले अख्तियारमा उजुरी समेत गर्ने तयारी गरेको छ । तामाङका अनु्सार आईतबारदेखि हस्ताक्षर संकलन गरिएको छ । राजनीतिक दल नागरिक समाजसँग छलफल गरि अख्तियारमा उजुरी दिने तामाङले जानकारी दिए ।