धरान / धरानस्थित विपी कोईराल स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट भोगाधिकार मा पाएको जग्गा डिपो माविले फनपार्क निर्माणका लागि लामो अवधीका लागि लिजमा दिएपछि संघर्षमा उत्रिएको डिपो–वीपी प्रतिष्ठान बचाउ संघर्ष समितिले विहीबार बृहत ¥याली निकालेको छ ।
¥यालीमा प्रतिष्ठानका पदाधिकारी, विभागीय प्रमुख, चिकित्सक, विद्यार्थीलगायतको सहभागीता रहेको थियो । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र डिपो उच्च माविको विचका रहेको जग्गामा फनपार्क निर्माण गर्न विद्यालयले स्थानीय इजिराइडर विजिनेश ग्रपलार्ई ३० वर्षका लागि भाडामा लगाएपछि वीपी प्रतिष्ठानले विरोध गर्दै आइरहेको छ । अस्पताल र विद्यालय क्षेत्रभित्र विरामी र विद्यार्र्थीको पढाईमा समेत प्रत्यक्ष असर गर्ने भएकोले फनपार्क अन्यत्र स्थानान्तरणको माग गर्दै संघर्ष समितिले गत साता चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरेको थियो । सोही कार्यक्रम अन्तर्गत पहिलो चरणको विरोधको कार्यक्रम गरिएको संघर्ष समितिका संयोजक तथा हार्डजोनी विभागका डा. विष्णु पोखरेलले जानकारी दिए ।
विपी प्रतिष्ठानलाई नै सेवा तथा कलेज विस्तार गर्न जग्गा चाहिने भन्दै उक्त जग्गा प्रतिष्ठानले नै भाडामा लिन सक्ने डा. पोखरेलले जानकारी दिए । करिव ५ सयको संख्यामा चिकित्सकहरु सडकमा उत्रिएका थिए । ¥यालीले धरानकोे परिक्रमा गरेको थियो । ¥यालीमा वीपी–डीपो बचाउँ, फनपार्क सारौं लेखिएका ब्यानर तथा प्लेकार्ड प्रर्दशन गरेका थिए । समितिले चरणबद्ध कार्यक्रम अनुसार विभिन्न राजनीतिक दल नागरिक समाजसँग छलफल गरि अख्तिहारमा उजुरी गर्न जाने तयारी गरेको संघर्ष समितिका सचिव सुजेन्द्र तामाङले जानकारी दिए ।
विद्यालयले क्षेत्राधिकार, सम्झौता, सार्वजनिक खरिद ऐन, शैक्षिक उद्देश्य र मर्यादा विपरित फन पार्क निर्माणका लागि इजि राइडर्स बिजीनेस ग्रेपलाई दिन नहुने उनीहरुले बताएका छन् । उक्त जग्गामा विभिन्न खेल तमासा, पेट्रोल पम्प, नसिंह होमलगायतका विभिन्न आयमुलक काम गर्ने विद्यालयसँग सहमति भएको छ । वर्तामान समयमा विद्यालयलाई आम्दानी भए पनि कालान्तरमा विद्यालय तथा प्रतिष्ठानलाई ठूलो नोक्सानी हुने भन्दै सहमति भङंग गर्न उनीहरुले दवाव दिएका छन् । कम्पनिले बािर्षक १८ लाख भाडा तिर्ने गरि डिपोट माविको भोगाधिकार मात्र हुने गरि लिएको १० विगाहा जग्गाबाट ३ विगाहा जग्गा लिजमा लिएको हो ।
उक्त जग्गामा निर्माण भइरहेको फनपार्कको भौतिक संरचना निर्माण गर्दा धरान उपमहानगरपालिकाबाट नक्सा पास र इजाजत समेत लिइएको छैन । उपमहानगरपालिका भित्र कुनैपनि भौतिक तथा भवन संरचना निर्माण गर्दा नगरपालिकाको घरनक्सा फाँटबाट अनिवार्य नक्सा पास गराउनुपर्ने प्रावधान छ ।