पानवारी । मिक कम्प्युटर प्रालिका सञ्चालक राजकुमार थोप्रा (लिम्बू) सहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एमाले सुनसरीका १ नं. क्षेत्रीय सदस्य राम सेवा, मिक कम्प्युटर प्रालिका सञ्चालक समेत रहेका नेपाली कांग्रेसका महासमिति सदस्य राजकुमार थोप्रा र मिक कम्प्युटरमा कार्यरत थोप्राका सहयोगी कर्मचारी वीरध्वज लिम्बू र सरोज योङहाङ रहेका छन् । उनीहरुलाई विभिन्न सरकारी कार्यालयका कागजातहरु नक्कली बनाएर विक्री गरेको भन्दै संघिय इकाइ प्रहरी कार्यालयको टोलीले मिक कम्प्युटरमा छापा मारी किर्ते कागजात सहित उनीहरुलाई पक्राउ गरेको हो ।

मिक कम्प्युटरलार्इ प्रहरीले सिलबन्दी गरेकाे छ । स्रोतले दिएको जानकारी अनुसार मिक कम्प्युटरबाट नागरिकता, कलेजको सर्टिफिकेट, एसएलसीको सर्टिफिकेट, मार्कसिट बनाउन प्रयोग हुने कागज ठुलो परिणाममा बरामद गरेको छ । त्यस्तै नक्कली कागजात बनाउन प्रयोग हुने कम्प्युटर र प्रिन्टर समेत बरामद गरिएको छ । उनीहरुमाथी प्रहरीले लामोसमयदेखि निगरानी राखेको बुझिएको छ । पक्राउ परेका टोलीले लामो समयदेखि भारतीय नागरिकता र पासपोर्ट, विदेश जाने युवाहरुको नक्कली शैक्षिक प्रमाण पत्र, ब्रिटिस आर्मि भिड्ने युवाहरुको नक्कली सर्टिफिकेट बनाएर पैसा असुली गरीरहेको बुझिएको छ ।