नेपाली फिल्मी क्षेत्रमा बौद्धिक नायिकाको उपाधी पाएकी केकी अधिकारी यस्ती नायिका हुन जो कहिल्यै विवादमा परिनन् भने अन्य नायिकाहरुको जस्तै उनको प्रेमको चर्चा कहिल्यै भएन । आफनो व्यक्तिगत जीवनलाई सार्वजनिकरुपमा खुलाउँन नचाहाने केकी पछिल्लो समय उनी गायक आर्जन पाण्डेसंगको प्रेम सम्बन्धको खबरका कारण चर्चामा रहेकीछिन् । आफनो प्रेमसम्बन्धको गसिपमा रमाईरहेको बताउँने केकी र आर्जन दुबैले आफुहरु साथीमात्र भएको दाबी गर्छन तर उनीहरुको सम्बन्ध साथी भन्दा माथि रहेको चर्चा हुने गर्छ । दुबैले सामाजिक सञ्जालमा एक अर्कासंग भएका तस्बिरहरु पोस्ट गर्दे आईरहेका छन् भने कतिपय कार्यक्रमहरुमा पनि एकसाथ देखिन्छन् । त्यतीमात्र होईन आर्जनको अधिकांश म्युजिक भिडियोहरुमा पनि केकीले नै अभिनय गरेकीछिन् ।

त्यसैले पनि उनीहरुको मित्रता भनिएको सम्बन्धमा प्रेमको सुगन्ध पाईएको छ । आर्जनसंग नाम जोडिएपछि केकीलाई पनि आजभोली बिवाह कहिले गर्ने भनेर प्रश्नहरु तेर्सिन थालेका छन् । यसबारेमा केकी भन्छिन् म पनि एकदम सप्राईज दिन चाहान्छु प्रियंकाले जस्तै । हामीले चाही नपाउँने ? यसो भनिरहँदा कतै केकी पनि बिहेको मुडमा त छैनन भन्ने अनुमान लगाउँन सकिन्छ । आर्जनसंगको सम्बन्धको बारेमा सहजरुपमा प्रस्तुत हुँदै आएकी केकीले भोलीको दिनमा उनैसंग बिहे गरिन भन्ने छक्क नपर्दा हुन्छ ।