नयाँ-नयाँ प्रेममा छन् बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्ट । त्यसैले उनीहरु बढिभन्दा बढि समय एक-अर्कासँग गुजार्न चाहन्छन् । यसका लागि सँगै फिल्म खेल्नेभन्दा राम्रो अर्को उपाय के हुन सक्थ्यो ?

[caption id="attachment_88035" align="aligncenter" width="760"] फायलफाेटाे[/caption]

अहिले आलियाको हात खाली छैन । उनको प्रमुख भूमिका रहेको फिल्म ‘राजी’ सुपरहिट भएपछि निर्माता-निर्देशकहरु नारीप्रधान फिल्मका स्कृप्ट लिएर उनीकहाँ धाइरहेका छन् । तर, आलिया ती फिल्म साइन गरिरहेकी छैनन् । उनको पहिलो शर्त हुन्छ, फिल्ममा हिरो रणवीर कपुर हुनुपर्ने ।

रणवीरको पनि त्यही हाल छ । यसअघि उनी आफूले खेलेका फिल्ममा अरु कलाकार को छन् भन्ने कहिल्यै चासो दिन्थेनन् । तर, आजकाल सबैभन्दा पहिले हिरोइन को राख्ने भनेर सोध्छन् ।

हालै निर्देशक लभ रञ्जनले आफ्नो नयाँ फिल्मका लागि रणवीरलाई साइन गराए । यस फिल्ममा रणवीर अजय देवगणको छोरा बनेर खेल्दैछन् । अब कुरा अड्कििएको छ उनकी नायिका को बन्ने भन्नेमा ।