मधुमल्ला/प्रकृति पूजक किरात राई समुदायको सांस्कृतिक चाड साकेला उभौलीको अवसर पारेर मंगलबार मोरङको मिक्लाजुङ–४ छत्रपुरमा भब्यताका साथ साकेला थानको समुद्घाटन गरिएको छ । पञ्चमी दिपु साकेलाथानको उद्घाटन किरात राई यायोक्खाका केन्द्रिय महाँसचिव याम्फु राईको बरदबाहुलीबाट यलम्बरको तस्बीरमा माल्यारपर्ण साथै व्यानरखोली कार्यक्रमको उद्घाटन गरे ।

कार्यक्रममा प्रमुख अतिथि राईले प्रदेश नं. १ किरातहरुको बसोबास क्षेत्र भएकाले यस प्रदेशकोे नाम किराँत प्रदेश राख्नुपर्ने माग गरे । मौलिक पहिरनमा सजिएर सहभागी भएका युवायुतीहरुले मिक्लाजुङ–४ स्थित पञ्चमी दीपु सकेल स्थानको समुदघाटन संगै किरात राई योयाख्यामा झ्याम्टा र ढोलको तालसंगै दिनभर साकेला शिली नाचे । बैशाखे पूर्णिमादेखि सुरु भएको साकेला उभौलीमा प्रकृतिलाई खुसी पार्न साकेला नाचको आयोजना गर्ने चलन निकै पुरानो मानिन्छ । खेताबारीमा नयाँ अन्नबाली लगाउने बेलामा जिमिभूमि, खोलानाला, हावापानी जस्ता प्रकृतिको पूजा आराधना गर्दै कुनै प्राकृतिक प्रकोप नभई खेतबारीमा लगाएको अन्नबाली सप्रियोस, सबै जीवजन्तु प्राणीमा सुख शान्ति छाओस् भन्दै उभौली मनाउने गरिन्छ ।

उक्त कार्यक्रम अतिथि रामकृष्ण राई मिक्लाजुङ गा.पा वार्ड नं. ४ का वडा अध्यक्ष बुद्धीमान लिम्बुले शुभकामना मन्तव्य राखेका थिए । सो स्थानको ऐतिहाँसिकता र महत्वको बारेमा कृष्णबहादुर चेण्डबुङले प्रस्ट पारेका थिए । सो स्थान धार्मीक तथा पर्यटकीय दृष्टिले समेत निक्कै मनमोहक र प्रचुर मात्रामा पर्यटकीय सम्भावना बोकेको ठाउँरहेको मिक्लाजुङका स्थानीय पत्रकार केशब खड्का बताउँछन ।