धनकुटा । धनकुटा नगरपालिका वडा नं.१० रुद्रवारीमाआईतवार विहान गस्तीमा निस्किएको प्रहरीको गाडीमाथि ढुङ्गा प्रहर भएको छ । विप्लवमाओवादीको वन्दमा सडक सुरक्षामानिस्किएको प्रहरीको गस्ति टोलीमाथि ढुङ्गा प्रहार भएको जिल्लाप्रहरी कार्यालय धनकुटाले जनाएको छ । ढुङ्गाले लागेर जिल्लाप्रहरी कार्यालय धनकुटाको ना.१ ज. १३३४ नम्वरको गाडी माथि समान्यक्षतिपुगेको प्रहरी निरिक्षक आमोद खेरवारले वताएका छन् । गस्तिमानिस्किएको प्रहरी टोलीमाथि आक्रमण हुनथाले पछि प्रहरीले धनकुटामा सुरक्षाव्यावस्था कडा वनाएको छ । ढुङ्गा प्रहार गर्नेलाई प्रहरीले नभेटाए पछि धनपा–६ बाख्रे खोलाबाट आशंका एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने ट्रकका चालकध्यानवहादुर मोक्तानतामाङ रहेका छन् । उनले आफु निर्दोष रहेको प्रहरीले विना कारण दुःखदिएको भन्द्र गुनासो गरेका छन् ।