इटहरी । सुन्दरहरैंचास्थित दुलारी चोक नजिकै राजमार्गमा शंकास्पद बस्तु भेटिएपछि साे बस्तु बम भएको आशंका गरिएकाे छ ।

शंकास्पद बस्तु बम भएकाे हुनसक्ने भन्दै राजमार्ग अवरूद्ध भएकाे छ भने नेपाली सेनाकाे बम डिस्पाेजल टाेली साे स्थानतर्फ गइरहेकाे छ । अाज नेत्रविक्रम चन्द नेतृत्वकाे माअाेवादीले बन्दकाे घाेषणा गरेकाे र साेही अनुसार शंकास्पद बस्तु राखेकाे हुनसक्ने अनुमान प्रहरीले गरेकाे छ । २/३ दिन अघि मात्र इटहरी स्थित नेपाली सेनाकाे ब्यारेक अगाडी बम बिष्फाेट भएकाे थियाे ।