धनकुटा । लोकसेवा आयोगको परिक्षापास गरेर निजामति सेवामा प्रवेश गर्ने दुई प्रतिभालाई शुक्रवार यहाँ एक भव्य समारोहको विच सम्मान गरिएको छ । सो अवसरमा धनकुटा नगरपालिका–६ का वडा सदस्य मिलन नेवा खड्गीलाई सम्मान गरिएको थियो ।
नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषदले धनकुटा नगरपालिकाको सहयोगमा आ.व.०७३\०७४ संचालन गरेको लोकसेवा तयारी कक्षामा सहभागी भै लोकसेवाले लिएको सुव्वा पदमा नाम निकाल्न सफल २ जनालाई सम्मान पत्र, दोसल्ला र खदा आडाएर सम्मान गरिएको हो । यसरी सम्मानित हुनेहरुमा लोकसेवा उतिर्ण गरेर हाल जिल्ला हुलाक कार्यालय झापामा पोष्टिङ भएका भोजपुर जरायोटार घर भएका प्रविन राई र महिला विकास कार्यालय तेह्रथुममा पोष्टिङ भएका भोजपरको ठूलोदुम्वा घर भएका बुनु राई रहेका छन् ।
त्यसैगरी सोहीअवसरमा नेपाल आदिवासी जनजाति महासंघ धनकुटाका पुर्व कोषाध्यक्ष एवं धनपा वडा नं.६ का निर्वाचित वडासदस्य मिलन नेवाः खड्गीलाई पनि सम्मान गरिएको थियो । सम्मानित हुनेहरुलाई कार्यक्रमका प्रमुखअतिथि धनकुटा नगरपालिकाका उपप्रमुख शकुन्तला वस्नेत र विशेष अतिथि नेपाल आदिवासी जनजाति महासंघ धनकुटाका अध्यक्ष संजय सन्तोषी राईले सम्मानपत्र एवं दोसल्ला ओढाएर खदा सहित सम्मान गरेका थिए ।
नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद धनकुटाले धनकुटा नगरपालिका कार्यालयको सहयोगमाआ.व.०७४÷०७५ मा संचालन गरेको लोकसेवातयारी कक्षाको औपचारिक समापन समेत गरिएको थियो । नगरपालिकाको सहयोगमा संचालित लोकसेवा तयारी कक्षामा धनकुटा नगरपालिका र आसपासका गरी ४० जनाले भागलिएकाथिए । तालिममा भाग लिएर लोकसेवा परिक्षा उतिर्ण गर्नेलाई महासंघले हरेक वर्ष सम्मान गर्दै आएको छ ।
नगर समन्वय परिषद धनकुटाका अध्यक्ष रवि खड्गीको अध्यक्षतामा सम्पन्न तालिम समापन एवं सम्मान कार्यक्रममा नगरका उप–प्रमुख शकुन्तला वस्नेत, जिल्ला समन्वय परिषदका अध्यक्ष संजय सन्तोषी राई, निवर्तमान नगर समन्वय परषदका अध्यक्ष गोपाल लिम्बु, आदिवासी जनजाति पत्रकार महासंघ धनुकटाका अध्यक्ष सन्तवीर लामा लगायतले आ–आफ्नो धारणा राखेका थिए ।
सो अवसरमा वोल्दै उनीहरुले निजामती सेवालाई समावेशी वनाउन धनकुटा नगरपालिकाले चालेको कदम अत्यन्त्यै सकरात्मक भएको विचार व्यक्त गरेका थिए । कार्यक्रमको संचालन नगर समन्वय परिषदका सचिव दालमु शेर्पाले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष इन्द्र लुङ्गेली मगरले मगरले गरेका थिए ।