धनकुटा । साँगुरीगढी गाउँपालिका वडा नं. १ वुढिमोरङ स्थित तेम्बाङमा शनिवार दिउँसो ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । वुढिमोरङबाट ढुङ्गा लिन मुलघाट तर्फ आउँदै गरेको को १ च २५१७ नम्वरको ट्याक्टर तेम्वाङ्ग भन्ने स्थानमा दुर्घटना हुँदा अन्दाजी २२ वर्षका ट्याक्टरका चालक विकेन्द्र लिम्बुको मृत्यु भएको हो । ट्याक्टर चालक लिम्बुको घटनास्थलमै मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय धनकुटाका प्रहरी जवान दिपक खड्काले बताएका छन् । ट्याक्टर अनियन्त्रित भई गोलाइ काट्न नसक्दा दुर्घटना भएको हुन सक्ने प्रहरी जवान खड्काले बताएका छन् । मृतक चालकको लास पोष्टमार्टमको लागी जिल्ला अस्पताल धनकुटामा सनिवार साँझ ल्याइएको प्रहरीले जनाएको छ ।