काठमाडौं/ कैलालीको धनगढी क्षेत्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना हुनबाट जोगिएको छ । शुक्रबार सौर्य एयरलाईन्सको नाईन एन एएमई नम्बरको जहाज अवतरण गर्दा अघिल्लो भागमा चरा ठोकिएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी विनोद घिमिरेका अनुसार चरासँग ठोकिएको विमानलाई बिमानस्थलमा पार्किङ स्थलमा राखिएको छ ।
काठमाडौंबाट ईन्जिनियरको टोली बोलाएको र परिक्षणपछि मात्रै उडान भर्ने अवस्था भए नभएको जानकारी हुने घिमिरेले बताए ।