भद्रपुर/ झापा बितार्प्रमाेडकाे एक हाेटलमा प्रहरीले छापामारी याैनधन्दामा संलग्न र हाेटल सञ्चालकलार्इ समेत पहरीले प्रकाउ गरेकाे छ । सञ्चालक सहित ९ जना पक्राउ परेकाे हाे ।

[caption id="attachment_52471" align="aligncenter" width="778"] फायलफाेटाे[/caption]

जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय बिर्तामोडको संयुक्त प्रहरी टोलीले बिर्तामोड नगरपालिका–५ स्थित आँगन होटल एण्ड लजबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए।

उनका अनुसार पक्राउ पर्नेमा होटल सञ्चालक रामेश्वर दिवेदी, हल्दिबारी गाँउपालिका ३ निवासी २२ बर्षीया सुजता तामाङ, बुद्धशान्ति गाँउपालिका २ निवासी २५ बर्षीया अभिषेक चम्लागाई, सोही गाँउपालिका १ निवासी ४२ बर्षीया निर्मल घिमिरे  रहेका छन् ।

त्यसैगरी भारत ठाकुरगंज सहुडाँगी किसनगंज बस्ने ३० बर्षीया धिरजकुमार राय, सोही ठाँउका ३५ बर्षीया चन्दनकुमार सिन्हा, २६ बर्षीया गौतमकुमार सिंह, ४० बर्षीया अब्दुल सुभान, भारत सिलिगुढी दार्जििलङ सालबाडी निवासी २४ बर्षीया निमा शेर्पा, दमक नगरपालिका ९ निवासी २४ बर्षीया आशिका कोईराला रहेका छन्।

पक्राउ परेका नौ जनालाई जिल्ला प्रशासन कार्यालय झापाबाट केही सार्वजनिक अपराध मुद्दामा म्याद थप भई आवश्यक अनुसन्धान भईरहेको प्रहरी कार्यालय झापाले जनाएको छ।

पक्राउ परेका उनीहरुले बिर्तामोडकै तिरुपति होटलका संचालक अर्जुन रसाईली र दिपक पाँचकोटीको मिलेमतोमा निमा शेर्पा, आशिका कोईराला र सुजता तामाङ समेत बिभिन्न ठाउबाट आएका पुरुषसँग यौनधन्दा गराउने उद्देश्यले भेला भएको खुलेपछि पक्राउ गरिएको उनले बताए।