क्रिष्टियानो रोनाल्डोले च्याम्पियन्स लिगकै उत्कृष्ट मध्येका एक गोल गरेका छन् । उनको बाइसाइकल किक गोलसँगै रियल मड्रिडले क्वार्टरफाइनलको पहिलो लेगमा युभेन्टसमाथि ३-० को सहज जित निकालेको छ । बर्लिनमा भएको खेलमा रियलले तेस्रो मिनेटमा नै रोनाल्डोको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफमा युभेन्टसले बराबरी गोल गर्ने अवसर खेल फाल्यो । ६४ औं मिनेटमा रोनाल्डोले उत्कृष्ट गोल गरे । उनले बाइसाइकल किक गोल गरे । यो च्याम्पियन्स लिगकै उत्कृष्ट गोल मध्येको एक मानिएको छ । लगतै युभेन्टस १० खेलाडीमाम सिमित भयो । उसका डिबालाले रातो कार्ड पाएका थिए । खेलको ७२ औं मिनेटमा मार्सेलाले गोल गर्दै रियललाई ३-० को जित दिलाए । लगातार १० खेलमा गोल युभेन्टसविरुद्धको दुई गोलसँगै रोनाल्डोले च्याम्पियन्स लिगमा लगातार १० खेलमा गोलको रेकर्ड बनाएका छन् । उनले १० खेलमा १६ गोल गरेका छन् । यो सिजन १४ गोल गरेका छन् भने गत सिजनको फाइनलमा २ गोल गरेका थिए ।