एजेन्सी/ बलिउड अभिनेता ऋतिक रोशन र टाइगर श्राफ एकसाथ पर्दा सेयर गर्ने भएका छन् । फिल्म निर्माता सिद्धार्थ आनन्दले बनाउन लागेको फिल्ममा यी दुई एक्सन अभिनेतालाई एकसाथ पर्दा सेयर गरेको देख्न पाइने छ । अगस्टबाट छायङ्कन शुरु हुने फिल्मको नाम भने खुलाइएको छैन ।

यसै सालको आउदो डिसेम्बर २१ मा सार्बजनिक प्रदर्शनमा आउन लागेको ‘जिरो’ लाई उक्त टिजरले झनै व्यग्र प्रतिक्षित बनाएको छ । आम फ्यानका लागि फरक शैलिमा प्रस्तुत भएको यो दोश्रो पटक हो । यसअघि उनि फरक गेटअपमा देखिएका थिए । हेर्नुस् ‘जिरो’ को टिजर यस्तो छ ।

‘जिरो’ मा साहरुखको अलावा अनुष्का शर्मा, कैटरिना कैफ लगायतका कलाकारको अभिनय रहेको छ । रेड चिल्ली र कलर एल्लोको ब्यानरको प्रस्तुति रहेकी चलचित्रलाई आनन्द एल राईले निर्देशन गरेका हुन् भने गौरी खानले निर्माण गरेकी छिन् । जिरो को सार्बजनिक टिजर हाल यो समाचार तयार पार्दा सम्म युट्युब नेपाल ट्रेन्डिङको चौथो स्थानमा रहेको छ ।

[embed]https://youtu.be/RF7DhGIQE1k[/embed]