कलकत्ते काँइयो केस मेरो वाँङ्गगो टेलवलमा ऐना छ, कन्ने केटीले हेर्छकी भन्ने तग्दिरमा रैनछ, धान्कै बाला झुलाउला मायालाई भुलाउला धनकुटा । निक्कै चिसो, अलिअलि हुस्सु लागेको क्षण थियो, झण्डै ४ वजेर उकालो लागेको थियो । यी माथिका हरफहरुको साथमा देखा परे कालो ज्याकेट र कालै पेण्ट लगाएका नेपाली गितसंगित र तामाङ सेलोमा ख्याति कमाएका तामाङ सेलो गायक रोज मोक्तान लस्सो फ्याफुल्ला, ज्यावाडान्वा, नमस्ते भन्दै गडगडाहट ताली वज्यो । रोजले भने “ल्होछारमा रम्न आउनु भएका सवै सवैलाई सम्वोधन गर्दै अव नाच्नु पर्छ, रमाउनु पर्छ ।” यो थियो सनिवार धनकुटाको उत्तरपानी वजारमा नेपाल तामाङ घेदुङ पाख्रीवास नगर समितिले २८५४ खि ल्हो सोनाम ल्होछार नयाँ वर्षको अवसरमा आयोजना गरेको वृहत ल्होछार साँस्कृतिक कार्यक्रम । शुरुमै जोसिएर दर्शकलाई नचाउन पछि परेरन्न रोज । हजारौंको संख्यामा भेला भएको ल्होछार प्रेमी तामाङ लगायत अन्य समुदाय पनि के कम पसिना फुटुने गरि माघको जाडोमा कम्मर मर्काइ मर्काइ नाचे । त्यसो त उनले गाउँने अधिकांश गितहरु सेलो लोकभाकामा थियो । स्वभावैले पनि धनकुटाको हिले, उत्तरपानी, चुङ्गवाङ्ग, लिसिम्वु,जिल्ला सदरमकामका केही वडाहरु मध्ये स्कुलडाँडा, वेलहारा, पाख्रीवासको सान्ने लगायतका स्थानहरुमा तामाङ समुदायको वसोवास घना रहेकोले पनि तामाङ सेलो पारखी तामाङ दाजुभाई तथा दिदिवहिनीहरुको हजारौंको संख्यामा सहभागी भएका थिए । रोज मोक्तान आफ्नै समुदायको गायक भएकाले पनि वढी मात्रामा ल्होछारमा आएका तामाङ ल्होछार प्रेमी दर्शकहरुले मनपराएको देखिन्थ्यो । लोकप्रिय गायक रोजले हिउँ प¥यो माथि माथि लेखमा, तिम्रो घर चाँचरी, वाला वाला ग्राम्वा, आँखाको रमरम, खल्तीमा छाम, हेलम्वुको वजारमा, झम झम स्टकोट, डाँडैमा गुम्वा, गोर्खाली गोर्खाली लगायतको झण्डै डेड दर्जन गित गाउँदा मञ्च आसपासको क्षेत्रमा झमक्कै अध्यारो भएको थियो । तर पनि रोज मोक्तानको गितको भाका र प्रस्तुतीसंगै रा परेको पत्तै पाएन्न धनकुटा उत्तरपानीका दर्शकले । साँझ ७ वजे सक्दा पनि नाच्ने सेलो प्रेमीको भिडले साथ पाउँदा सेलो गायक रोजले आफुले स्थानिय ल्होछार प्रेमी सहभागीहरुवाट राम्रो साथ पाएको प्रतिक्रिया दिए । उनले धनकुटा आफ्नो पहिलो नभएको पटक÷पटक धनकुटा आउँन पाउँदा खुशि लागेको पनि वताए । उनले आफुले गाएको गित संगित मन पराएर धनकुटामा विशेष गरेर उत्तरपानी यस वर्ष वोलाई दिएकोमा आयोजकलाई धन्यवाद पनि दिए । उनको गितमा के वुढावुढी, के केटा, केटी, के वयस्क सवै उमेरकाहरु हौसिएर रमाएका थिए । उनका साथमा मेन्दोमाया तामाङ सेलोका गायिका शान्ति मेम्वोले पनि आधा दर्जन जति म्हेनदो माया तामाङ सेलो र अन्य लोक भाका गाएर दशकलाई मनोरञ्जन दिलाएका थिए । त्यसैगरी नेपाल तामाङ साँस्कृतिक घेदुङ, धरानका कलाकारहरु मंगल मोक्तान र मानसिंह मोक्तानले आफ्नो प्रश्तुती दमदार ढंगले राखेका थिए । त्यसैगरी ताम्वा संघ, धनकुटाका स्थानिय कलाकारहरु, म्हानीपा घेदुङ र स्थानिय अन्य कलाकारहरुको वेजोड प्रश्तुती सो अवसरमा रहेको थियो । सो अवसरमा गाउँगाउँवाट सहभागी भएको विभिन्न समुहको तामाङ झाँकी समेत प्रश्तुत गरिएको थियो । सांगितिक कार्यक्रम शुरु हुनु पुर्व आयोजित शुभकामना आदन प्रदान कार्यक्रममा प्रमुख अतिथि घेदुङका केन्द्रिय महासचिव बाबु घिसिङ, विशेष अतिथि प्रतिनिधि सभाका सांसद राजेन्द्र राई, धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, पाख्रीवास नगरपालिकाका प्रमुख वृख वहादुर राई, नेपाल तामाङ घेदुङ धनकुटाका अध्यक्ष सिताराम थिङ तामाङ लगायतले साँस्कृतिक सभालाई सम्वोधन गरेका थिए । सो अवसरमा नेपाल तामाङ घेदुङ धनकुटाका सचिव सन्तवीर मोक्तान तामाङले जिल्ला घेदुङ धनकुटाको तर्फवाट जिल्लामा भए गरेका विविध गतिविधिहरु प्रतिवेदनको रुपमा प्रश्तुत गरेर केन्द्रका महासचिव बाबु घिसिङलाई हस्तान्तरण समेत गरेका थिए । कार्यक्रममा वोल्ने वक्ताहरुले स्थानिय तहको निर्वाचनमा प्रदेश नं.१ मा तामाङहरुको उपस्थिति देखिए पनि प्रदेश र संघको निर्वाचनमा भने ठूला राजनितिक पार्टीहरुले तामाङ समुदायवाट प्रतिनिधित्व नगराएको भन्दै गुनासो समेत पोखेका थिए । वृहत ल्होछार साँस्कृतिक कार्यक्रमका संयोजक विष्णु मोक्तान तामाङको अध्यक्षतमा सम्पन्न शुभकामना आदन प्रदान तथा सांगितिक कार्यक्रमको संचालन तामाङ संचार समुहका केन्द्रिय सदस्य एवं रेडियोकर्मी मानवी मोक्तान र जयन्द्र घिसिङले गरेका थिए भने स्वागत मन्तव्य स्थानिय तामाङ समुदायका वुद्धिजिवि लोकेन्द्र घिसिङले गरेका थिए ।