काठमाडौँ/ बलिउड अभिनेत्री दीपिका पादुकोण ५ मार्चमा काठमाडौं आउँदै छिन् । उनका साथमा अभिनेता इरफान खान पनि हुनेछन् । दीपिका र इरफानको नेपाल फिल्म सुटिङका लागि आउन लागेको हो ।

विशाल भारद्वाजले निर्देशन गर्ने फिल्मका लागि उनीहरू नेपाल आउन लागेका हुन् । फिल्म निर्माता, निर्देशक, संगीतकार, पटकथा लेखकजस्ता धेरै परिचय बनाएका भारद्वाजले ट्विटमार्फत् खुलासा गरेका छन्, ‘यो नयाँ विषयमा काम गर्ने कुराले उत्साहित छु ।’

उनले निर्देशन गर्ने नयाँ फिल्म नेपालबाटै सुरु हुनेछ । तर, अहिलेसम्म फिल्मको नाम भने तय भइसकेको छैन ।