[caption id="attachment_68851" align="aligncenter" width="779"] ?[/caption]

धनकुटा । शान्ति र समृद्ध राष्ट्र, चेतनशिल समाजनिर्माणको निम्ती नेपालतामाङ लामा घेदुङ केन्द्रिय समितिको आयोजनामा १६ दिने जपध्यान, क्रियात्मक साधनाअभ्यास तथाविश्वशान्तिपुजाविहिवार पथरी स्थित ओम स्यार जम्बुलिङ बज्र गुम्वामा सम्पन्नभएको छ । रत्नरुपीमानवजीवनलाई लोभ,क्रोध, मोहरुपी क्लेशबाट प्रभावनपरोस भनीउक्त क्लेशवाट भएको सम्प्ुर्ण दुष्कर्म प्रयाश्चित भै मोक्षलाभप्राप्त गरी चेतनशिल समाज र समृद्ध राष्ट्र निर्माणमा महत्वपुर्ण भुमिका रहोस भन्नाको खातिर शान्तिपुजालगाइएको हो । विश्वशान्तिपुजा२०७४ पौष १२ गते देखीपौष १६ गतेसम्ममोरङ्ग जिल्लाको पथरीशनिश्चिरे नगरपालिका वडा नंं.१० स्थित् ओम स्यार जम्वोलिङ बज्र गुम्वामाविश्वशान्तिपुजाआयोजनागरिएको थियो । ओम स्यार जम्वोलिङ बज्र गुम्वाको व्यावस्थापन र नेपालतामाङ लामा घेदुङ केन्द्रको आयोजनमाप्रदेश नं.१ स्तरिय १ सय १८ जनावौद्ध लामागुरुहरुको सहभागितामा १६ दिने जप, ध्यान साधानातथाअभ्यास र विश्वशान्तीपुजाको आयोजनागरिएको थियो । सो विश्वशान्तिपुजातथाक्रियात्मक साधनाअभ्यसमावौद्ध धर्मगुरु एवं नेपालतामाङ लामा घेदुङका केन्द्रियअध्यक्षलामापाल्देन तामाङ र महासचिव मणी मोक्तानतामाङ लामाले सहजीकरण गरेका थिए । सो अवसरमाउनीहरुले फुर्वा वज्र किलायको जप साधानातथाअभ्यास, च्योद वज्र डंकिनीको जप समधानातथाअभ्यास, वोधिचित्त गृह्यतन्त्रको जपसाधानातथाअभ्यास र प्रज्ञ पारमिताक्रियातन्त्रको योग साधानाको अभ्यास गरिएको लामा घेदुङका केन्द्रियमहासचिव मणी मोक्तानले वताएका छन् । उनकाअनुसार सो चार विधावाहेक ङोन्डो पुर्व अभ्यास साधाना, क्रियातन्त्र योग अन्तर्गत क्याब्डो, सेम्के, हिगे, म्हेन्डलको लागीनहज्योर र समुचकाय कोन्छ्यो चिदुअी संसारभरमामानव र प्राणी जगतमाशान्तिको कामनागर्दै पुजागरिएको वताएका छन् । उनकाअनुसार १६ दिने शान्तीपुजातथाजपध्यान, क्रियात्मक साधानामा एक नं.प्रदेश अन्तरगतका सोलुखम्वु, खोटाङ, ओखलढुङ्गा, भोजपुर, संखुवासभा, तेह्रथुम, ताप्लेजुङ, पाँस्थर, इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर र धनकुटा जिल्लाका १ सय १८ जनावौद्धलामागुरुहरु सो पुजामा सहभागिता रहेको वताए । सोह्र दिने पुजामाविशेष गरेर विश्वशान्ति र मानव कल्याणको पुजाआराधानागरिएको वताइएको छ । पुजा समापनभए पछि पौष २७गते पथरी वजारमाहजारौं वौद्धमार्गी भक्तजनहरुको उपस्थितिमाशान्ति ¥यालीतथाशान्तीपदयात्रानिकालिएको थियो ।शान्तिपदयात्राको क्रममावौद्ध लामा गुरु पाल्देन तामाङले मानव कल्याण, विश्वशान्तिको लागी वुद्ध भगवानको अमृतमयवचनलाई पथरी वजारको चोकचोमा, गल्लीगल्लीमाप्रवचनको रुपमादिनु भएको थियो । भगवान वुद्धको शिलआममानवजगतले पालनागर्न सके विश्वमाशान्ति र स्थायित्वकामयहुने पनिआमभक्तजनहरुलाई वुद्धमय वाण्ीका साथ अनुरोध गर्नु भएको थियो । ¥यालीपश्चातश्रदालु भक्तजन, उपाशक, उपाशिकाहरुलाई अभिषेक (वाङ) आशिर्बाद) आगमश्रद्धेय धर्म पाल्देन योन्जनतामाङले प्रदानगर्नु भएको थियो । शान्तिपुजाको गुम्वाभित्रको तयारीको लागी साडे तिनलाख रुपयाँखर्च भएको, वाहिरी खर्च सो भन्दा वढी हुने गुम्वाव्यावस्थापन समितिकाअध्यक्षभगुलसिंह लोप्चनतामाङले ब्लाष्टलाई वताएका छन् । गुम्वाभित्रको पुजाको तयारीको लागीविशेष गरेर जिल्ला÷जिल्लावाट आएकालामा गुरुहरुबाट नै नगद संकलनगरिएको र वाँकीखानपान सहितको अन्यव्यावस्थापनको लागी स्थानियभक्तजनहरु गुम्वाव्यावस्थापन समितिको तर्फवाट श्रोत जुटाइएको गुम्वाका सल्लाहकार चन्द्र घिसिङ तामाङले वताएका छन् ।