विराटनगर/ कैद मुक्त भएका एक जना वृद्ध बेवारीसे अवस्थामा रहेका छन् । साविकको मोरङको हरैचा गाविस १ बताउने ७३ वर्षिय वृद्धा नर बहादुर भूजेल बेवारीसे भएका हुन् ।
[caption id="attachment_67437" align="aligncenter" width="3072"]
बेवारीसे भएका वृद्ध भुजेल ।तस्विर : अनिल श्रेष्ठ[/caption]
८ वर्षको कैदी जीवन बिताएर आइतबार कैद मुक्त भएका वृद्ध अहिले जिल्ला कारागार मोरङ विराटनगर बाहिर बसोवास गर्दै आएका छन् । सुस्त मनस्तिका रहेका वृद्ध भुजेलको आफन्त धरानमा रहेको बताउछन् । तर, अहिलेसम्म वृद्धलाई लिन कोही नआएको कारागारका जेलर प्रेम प्रसाद सापकोटोले जानकारी दिए । जबरजस्ती करणी मुद्दामा भूजेल जेल परेका थिए । कैद मुक्त भएका वृद्धलाई बुझन कारागार प्रशासनले ०२१–५२८८३० मा सम्पर्क गर्न सार्वजानिक अपिल समेत गरेको छ ।