इनरुवा । सुनसरीको हरीनगरा गाउँपालिका वडा नम्बर २ भुटाहामा आगलागी हुँदा २ लाख बढीको क्षति भएको प्रहरीले जनाएको छ ।

गएराती १स्१५ बजेतिर स्थानीय ताहिर सिद्दिकीको गाई गोठमा आगलागी हुँदा सो बराबरको क्षति भएको भुटहा चौकीका असय देवकुमार यादवले जनाएका छन् ।

राती गोठमा बालेको घुरबाट अचानक सल्केको आगोले सिद्दीको एउटा घर पुर्णरूपमा जलेर नस्ट भयो भने अरु दुईवटा घरमा क्षति पुगेको यादवले बताए । १ वटा गाई र गाईको बाछी समेत जलेर मरेको स्थानीय नसिम अन्सारी बताए ।

आगलागी लाई स्थानीयबासी नेपाल प्रहरी,सशस्त्र प्रहरी,इनरुवा नगरपालिकाका दमकल लगायतले करिब २ घन्टापछि नियन्त्रणमा लिएको थियो ।