नायिका बर्षा राउत र नायक संजोग कोइराला लामो समयदेखि प्रेममा छन् । प्रेममा रमाई रहेकी बर्षालाई भने बिहेको निकै हतारो छ । तर संजोगसँग बिहे गर्न होइन, बिहेमा सहभागी हुंन । फिल्म ‘मिस्टर झोले’ को प्रोमो लञ्च कार्यक्रममा यस्तै झल्को देखियो । बर्षा कार्यक्रम सकिनै नपाउँदै टाप कसिंन । सारीमा सजिएकी बर्षा कता गइन् त ? ‘बिहेमा नि !’ ‘छक्का पञ्जा’ नायिकाले भनिन्, ‘मंसिर लाग्य छ, बिहेमा जाँदैमा फुर्सद छैन ।’ अरुको बिहेमा मात्र जाने कि आफ्नो पनि गर्ने ? ‘मेरो पनि होला नि कुनै दिन’, उनले हाँस्दै भनिन् । बर्षाले अभिनय गरेको पछिल्लो फिल्म ‘मिस्टर झोले’ पौष २८ गतेदेखि प्रदर्शनमा आउँदैछ ।