फिल्म ‘फिर्के’ को रोमान्टिक गीत सार्वजनिक भएको छ । ‘सानी सानी’ बोलको गीतमा विश्व नेपाली र जुना प्रसाइँको स्वर छ भने रामशरण नेपालीको शब्दमा गायक विश्वले नै संगीत भरेका छन् । फिल्म पुष २१ गतेबाट देशभर लागेकाे हाे । सार्वजनिक गीतको भिडियोमा फिल्मका कलाकार सुलेमान शंकर ’ईकु’ र नव नायिका क्रिष्टिना पौडेल फिचरिङ छन् । यसअघि फिल्मको ट्रेलर र लोक लयको ‘चट्टै’ बोलको गीत युट्युबमा सार्वजनिक भइसकेको छ । ‘फिर्के’ मा अर्पण थापा, सुलेमान शंकर, ऋचा शर्मा, क्रिष्टिना पौडेल, बिष्णु सापकोटा, अर्जुन गुरुङ्, उज्ज्वल भण्डारी, पुरन थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ । रवि डंगोलको निर्देशन रहेको फिल्ममा अभिमन्यू निरबीको लेखन रहेको छ । अष्ट महर्जनको द्वन्द्व निर्देशन रहेको ‘फिर्के’ मा मित्र डि. गुरुङको सम्पादन तथा राम कुमार केसीको छायांकन रहेको छ ।