बलिउड एक्टर वरुण धवनको अभिनयको सर्वत्र तारिफ हुने गर्छ । केही हप्ता अगाडि प्रदर्शनमा आएको फिल्म 'जुडवा २' लाई दर्शकले निकै रुचाएका थिए । फिल्ममा वरुणको डबल रोल थियो र यो फिल्म सलमान खानको 'जुडवा'को सिक्वेल थियो ।

अब वरुणले फेरि सलमान खानको फिल्म ‘बीवी नम्बर १’ को रिमेकमा काम गर्ने भएका छन् । खासमा, सलमान खानको यो फिल्म १९९९ मा रिलिज भएको थियो । यो फिल्ममा सलमानले एक विवाहित व्यक्तिको भूमिका निर्वाह गरेका थिए । फिल्ममा सलमान, करिश्मा कपूरको पति थिए ।

अब डेविड धवन यो फिल्मको रिमेक बनाउँदैछन् । रिपोर्ट्सका अनुसार, ‘बीवी नम्बर १’को छायांकन अर्को वर्षबाट सुरु हुनेछ । वरुण यो फल्म गर्नका लागि निकै उत्साहित छन् र उनको मनपर्ने फिल्म मध्ये ‘बीवी नम्बर १’ पनि हो ।