इटहरी /असहाय, हिंसा पिडित तथा मानसिक समस्या भएकाहरुको लागी इटहरीमा आवास गृह ‘माया घर’ निर्माण गरिने भएको छ । माया घर निर्माणमा आर्थिक सहयोग जुटाउने उदेश्यले शनिबारदेखि इटहरी–२ हवाई चौकमा श्रीमद्भागवत तथा जीवन दर्शन ज्ञान यज्ञको आयोजना गरिएको छ ।

[caption id="attachment_65800" align="aligncenter" width="960"] मायाघर निर्माणको लागि इटहरी २ हवाई आयुर्वेदिक टोलमा शनिबारदेखि शूरु हुने महायज्ञको लागि तयार गरिएको टेन्ट तथा आवासका लागि शसस्त्र प्रहरीले तयार गरेको अस्थायी टहरा । तस्विरः बाबुराम सवेदी[/caption]

पुराण वाचिका राधिका दासी जीको नेतृत्वमा हुने यज्ञ पश्चात् विभिन्न संघ संस्था तथा सहयाेगीको सहभागितामा माया घर आवास गृह निर्माण गरिने आयोजकले जनाएको छ । हिंशा पिडीतहरुको लागि सुरक्षा आवास गृह आश्रम निर्माण गरी हिंसा पिडितहरुको क्षेत्रमा काम गर्ने उदेश्य सहित माया घर निर्माण गर्न लागिएको आयोजक समितिकी सचिव सुभद्रा प्याकुरेल (सुवेदी)ले जानकारी दिइन् । हवाई चौक आयुर्वेदिक टोलमा हुने ज्ञान महायज्ञमा दैनिक बिहान ध्यान योग शिबिर, निःशुल्क स्वाथ्य शिबिर समेत गरिने आयोजकले जनाएको छ । मायाघर निर्माणको लागि क्लिन नेपाल तथा महिला शीप विकास केन्द्रले तीन कठ्ठा जग्गा उपलब्ध गराएको पनि आयोजकले जनाएको छ । सो स्थानमा पहिलो चरणमा ९ कोठा, २ वटा हल र भएको भवन निर्माण गरीने अध्यक्ष राधिका दासी जीले बताए । ज्ञान महायज्ञमा शशस्त्र प्रहरी बलले आवसीय टेन्टको व्यवस्था गरेको छ ।

शनिबार विहान रथयात्रा सहित बाजा र झाँकीसहित बृद्ध गंगाबाट जल ल्याएर इटहरी चौक परिक्रमा गरी आपगाछी हुँदै हवाईचौक बाट मण्डव स्थलमा आएर समापन हुने र दिउँसो १ बजे उद्घाटन हुने आयोजकले जनाएको छ । महायज्ञको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिदै आयोजकले सो स्थानमा एक सय भन्दा बढीलाई पुराण अवधिभर आवासको समेत व्यवस्था गरेको जनाएको छ ।