‘धुर्मुस’ अर्थात सिताराम कट्टेल र उनका धर्मपत्नी ‘सुन्तली’ कुन्जना घिमिरे अहिले समाज सेवामा तल्लिन छन् । पछिल्लो समय ‘एकीकृत सन्तपुर नमुना बस्ती’ निर्माणमा जुटेका उनिहरु हाल साउदी अरबमा छन् ।

त्यहा एक कार्यक्रममा पुगेका उनिहरु सामाजिक संजालमा नेपाली भन्दा फरक भेषमा प्रस्तुत भएका छन् । साउदिमा मुस्लिम समुदायले लगाउने पहिरन लगाएर सिताराम–कुन्जनाले फेसबुकमा तस्बिर सार्बजनिक गरेका छन् ।
तस्बिर संगै सितारामले ‘साउदी अरबका शेख महम्मद धुर्मुसुल्लाह बिन खुर्मुसुल्लाह, धर्मपत्नी बुर्कावाली सुन्तुसुल्लाह संग’ भनेर आफुहरुको नाम पनि परिवर्तन गरेर लेखेका छन् । धुर्मुस–सुन्तली फाउन्डेसनबाट निर्मित उक्त ‘एकीकृत सन्तपुर नमुना बस्ती’को लागि अझै केही रकम अभाव भैरहेको बेला उनिहरु साउदी पुगेका हुन् ।
पारिवारिक समाज नेपाल साउदी अरब र सिटि एक्स्प्रेस मनि ट्रान्सफरको संयुक्त आयोजनामा साउदी अरबको रियाद सहरमा हुने कार्यक्रमको लागि पुगेका थिए । विशेषगरि एकीकृत सन्तपुर नमुना बस्ती निर्माणको लागि आर्थिक सहयोग संकलनकै सिलसिलामा आज त्यहा ‘धुर्मुस–सुन्तली साझ’ कार्यक्रमको तय गरिएको हो ।