नेपाल स्थित बेलायती राजदुतावासले रोक्यो सम्राज्ञीको भिसा , रोकियो “इन्टु मिन्टु लन्डनमा” को छायांकन केहि समय अगाडी राजधानी एक भब्य कार्यक्रम बीच निर्माण घोषणा भएको चलचित्र “इन्टु मिन्टु लन्डनमा” को छायांकन तत्काल रोकिएको छ । यो चलचित्र युकेमा छायांकन हुने कुरा रहेको कुरा थियो । तर चलचित्रकी मुख्य नायिका सम्राज्ञीलक्ष्मी शाहको भिजा नेपाल स्थित बेलायती दुतावासले स्वीकृत नगरेपछि यति बेला चलचित्रको छायांकन रोकिएको हो । भदौमा नै चलचित्रको छायांकन युकेमा गर्ने सेड्यूल बनाएर चलचित्रकी निर्देशक रेनेशा बान्तवा राई र अभिनेता धिरज मगर युके पुगेका थिए । तर अभिनेत्री साम्राज्ञीलाई भने युकेले भिसा दिएन । साम्राज्ञीको पासपोर्ट महिनौ दिन नेपाल स्थित बेलायती राजदुतावासमा रहेपनि अन्ततः उनको भिसा आएन जसका कारण चलचित्रको छायांकन हुन नसकेको हो । चलचित्रकी निर्देशक राईका अनुसार अब सबै सेड्यूल बनाएर फेरि चलचित्रको छायांकन गरिने छ । “इन्टु मिन्टु लन्डनमा” को छायांकनका लागि बेलायत जान नपाएपछि अहिले सम्राज्ञी नेपालमा नै छिन् । चलचित्रकी निर्देशक रेनेशा बान्तवा राई र कलाकार तथा पत्रकार दिलभुषण पाठक भने चलचित्रको छायांकन नहुने भएपछि १ महिने बेलायत बसाईपछि नेपाल फर्किएका छन् । चलचित्रमा दिलभुषण पाठकले साम्राज्ञीको पिताको भूमिका निर्वाहा गर्दैछन् । वर्किङ भिसाका लागि आवेदन दिएका कारण साम्राज्ञी सहित फिल्मको जम्बो टिमको भिसा अस्वीकृत भएको स्रोत बताउँछ । दोस्रो पटक भिसा आवेदन दिँदा बलियो प्रमाण जुटाउनु पर्ने भएका कारण यस वर्ष चलचित्रको छायांकन सुरु हुने सम्भावना न्यून देखिन्छ । जुन १६ देखि अगष्ट ७ सम्म फिल्मको छायांकन हुने बताइएको थियो ।