वि.सं. २०७४ साल वैशाख ३० गते। शनिबार। इश्वी सन् २०१७ मे १३ तारिख। नेपाल संवत् ११३७ बछलागा। ज्येष्ठ कृष्णपक्ष। तिथि– द्वितीया, ०६:१५ बजेउप्रान्त तृतीया।
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। शुभचिन्तकहरूले सहयोगको तत्परता देखाउनाले अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्न सक्छन्। गोप्य रहस्य पत्ता लगाउन सकिनेछ। आस मारेको फल पुनः प्राप्त हुन सक्छ। तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ला। अर्थ अभावले अलि सताउन सक्छ।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
अतिथिको रूपमा सत्कार पाइनेछ। सुन्दर पहिरनले व्यक्तित्व निखार्दै अरूको मन लोभ्याउने बेला छ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुनेछ। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला मिल्नेछ। मनपर्ने भौतिक साधन जोड्ने समय छ।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
परिबन्धले समस्या निम्त्याउने देखिएकाले आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला। सहयोगीहरूको भर पर्दा काम दोहोर्याउनुपर्ला। परिस्थितिसँग सम्झौता गरेरै भए पनि पछिका लागि सोच्नुपर्ने देखिन्छ। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। प्रतिस्पर्धामा जोगिएर काम गर्नुहोला। आर्थिक रूपमा कममात्र फाइदा हुनेछ। गरेका कामबाट पनि तत्काल लाभ नहुन सक्छ।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। थोरै भए पनि पछिसम्म लाभ हुने काम प्रारम्भ हुने देखिन्छ।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
बेसुरमा गरिएको कामले समस्या निम्त्याउला। परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ। हतारको निर्णयले काम बिग्रन सक्छ। महत्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउन सक्छन्। अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ। तापनि मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ मिल्नेछ। परिवारजनमा आमाको सहयोगबाट काम सम्पादन हुन सक्छ।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
नयाँ काममा हात हाल्ने अवसर प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला। परिवेश संघर्षपूर्ण रहनेछ। हठ गर्ने बानीले दुःख पाइनेछ। परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउनेछ। प्रतिष्ठा जोगाउन केही वस्तु त्याग्नुपर्ला। यात्राको प्रक्रियाले खर्च बढाउन सक्छ। प्रतिस्पर्धीसँग सम्झौता हुन सक्छ।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
अध्ययनमा प्रगति हुनेछ भने लेखन तथा सिर्जनात्मक कामबाट ख्याति मिल्न सक्छ। तर अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। सानोतिनो समस्या आए पनि चिताएको काम सम्पादन हुनेछ। प्रयत्न गर्दा आम्दानीका स्रोत बढ्नेछन् भने पछि फाइदा हुने काममा सम्झौता हुन सक्छ। आलोचकहरूलाई व्यवहारले समेट्नुहोला। पहिलेका कमजोरी सुधार हुनेछन्।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
प्रयत्न गरेको काम पूरा हुनाले समय फुर्सदिलो रहनेछ। इच्छाशक्तिद्वारा महत्वाकांक्षी कार्य प्रारम्भ होला। साथ दिनेहरू बढ्नेछन् भने मान–सम्मान समेत पाइनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। सुन्दर पहिरनले आफूलाई आकर्षित तुल्याउन सकिनेछ। समयसापेक्ष कामको नेतृत्व लिनमा भने समस्या पर्न सक्छ। केही आलोचित बन्नुपर्ला।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
समयमा होश नपुग्नाले फजुल खर्च बढ्नेछ। अर्थअभाव खट्किनाले बनिसकेको काम दोहोर्याउनुपर्ने हुन सक्छ। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। तापनि प्रयत्न गर्दा सामान्य उपलब्धि प्राप्त हुनेछ। खर्च लागे पनि केही फाइदा उठाउन सकिनेछ। शुभचिन्तकहरूको सुझावलाई मनन गर्दै अघि बढ्नुहोला। परिवारजनबाट टाढिनुपरे पनि कर्मयोगले नयाँ बाटो समाउनेछ।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
आम्दानीका स्रोत फेला पर्नेछन्। कृषि, पशुपालन आदिमा फाइदाकै समय छ। तर मनग्य आम्दानी नहुनाले लाभांश सञ्चय नहुन सक्छ। रकम हातलागी भए पनि ऋणभार बढ्ने सम्भावना छ। सरसापटमा पनि धन बाहिरिन सक्छ। श्रमको मूल्यांकन भए पनि प्रतिफल तत्कालै नपाइएला। लगानी धेरै लागे पनि कम प्रतिफल पाइनेछ। पछि फाइदा हुने काम प्रारम्भ हुन सक्छ।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
विगतका कमजोरी बाहिर आउनाले समस्या पर्ला। अवसर प्राप्त भए पनि आफ्नैले काम बिगार्न सक्छन्। पदासीन व्यक्तिहरूसँग संघर्षपछि भने लाभ उठाउन सकिनेछ। कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग मतभेद हुने समय छ। सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने सम्भावना छ। व्यापारमा सामान्य फाइदा हुनेछ। विवादास्पद जिम्मेवारीले केही चुनौती निम्त्याउन सक्छ।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुहोला, लगनशीलताले कीर्तिमानी काम दिलाउन सक्छ। चुनौती देखिए पनि साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। भेटघाटले उत्साह बढाउला। समाजमा तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि फाइदा हुनेछ। (नेपाली पात्रो