वि.सं. २०७४ साल वैशाख १ गते। शुक्रबार। इश्वी सन् २०१७ अप्रिल १४ तारिख। नेपाल संवत् ११३७ चौलागा। वैशाख कृष्णपक्ष। तिथि– तृतीया, १५:३७ बजेउप्रान्त चतुर्थी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) स्वास्थ्य कमजोर रहे पनि हिम्मतले काम लिँदा आइपर्ने समस्या सुल्झाउन सफल भइनेछ। गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। मिहिनेत गर्दा आस मारेको काम पुन: सम्पादन हुनेछ। तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन्। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ। प्रयत्न गर्दा पछि फाइदा हुने काम प्रारम्भ हुनेछ। बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) परिवारजनको साथले उत्साहित भइनेछ। प्रेम वा मित्रताको बन्धन कसिने समय छ। भौतिक साधन जुट्नेछ भने आम्दानी बढाउने काम प्रारम्भ गर्न सकिनेछ। आयआर्जन पनि राम्रै हुनेछ। कामबाट फुर्सदिलो भइनेछ भने अतिथिका रूपमा सत्कार समेत पाइने सम्भावना छ। व्यापार–व्यवसायमा लाभ हुनेछ। व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर जुट्न सक्छ। मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्नेछन् भने नयाँ काम प्रारम्भ गर्ने समय छ। थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुनेछ। दिगो लाभ हुने काम प्रारम्भ हुन सक्छ। खर्च लागे पनि यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ। प्रयत्न गर्दा जटिल ठानिएको काम समेत सम्पादन हुनेछ। कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) सुरुमा केही अलमल भए पनि मिहिनेतले सफलता दिलाउनेछ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै पछि फाइदा हुने काम हात पार्ने मौका छ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) मान्यजनसँग असमझदारी बढ्नेछ भने हठ गर्ने बानीले पनि समस्या निम्त्याउन सक्छ। आसलाग्दो काम बिग्रनाले मन खिन्न हुनेछ। बेलैमा सजग नबन्दा व्यवहारमा दुःख पाइनेछ। अरूको सुझावमा भर नपर्नुहोला। महत्वाकांक्षी योजना पनि तत्काल सार्वजनिक नगर्नुहोला। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। मिहिनेत गर्दा पछिलाई फाइदा हुन सक्छ। कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) Virgo आँटले काम लिन सकिनेछ। मिहिनेत परे पनि कर्मको उचित प्रतिफल पाइनेछ। विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरू जुट्नाले प्रतिद्वन्द्वीहरू परास्त हुनेछन्। रोकिएको काम पुन: काम प्रारम्भ हुनेछ। उद्योग तथा व्यापारमा विशेष फाइदा होला। कृषिमा कामको चाप बढ्न सक्छ। परिवारमा दाजुभाइको सहयोग आजका लागि लाभदायक बन्न सक्छ। तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। सानोतिनो समस्या आए पनि चिताएको काम सम्पादन हुनेछ। आम्दानीका स्रोत बढ्नेछन् भने दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। अध्ययनमा प्रगति हुनेछ। बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले सम्मानित स्थानसमेत दिलाउनेछ। बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) शुभचिन्तकहरूको सहयोगले नाम र दाम प्राप्त हुनेछ। पहिलेको सफलताले उत्साह जगाउनेछ। इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। बिछोडिएका आफन्तजनसँग भेटघाट हुनेछ। पारिवारिक आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) Sagittarius आँटेको काममा अवरोध आउनुका साथै खर्च समेत बढ्न सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। आफ्नै कमजोरीले विवादमा परिएला । प्रतिस्पर्धामा पनि केही कमजोर सावित भइएला। आफन्तबाट टाढिनुपर्ने परिस्थिति आउन सक्छ। काममा स्थानान्तरण अथवा टाढाको यात्रा हुने सम्भावना छ। वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ उठाउन सकिनेछ। मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) अवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला। ठूलै प्रयत्न गर्दा सामान्य फाइदा हुनेछ। तर, आजको लाभांश सञ्चय नहुन सक्छ। सरसापटमा खर्चनुपर्ला। आफ्नो मिहिनेतको फाइदा अरूले उठाउने चेष्टा गर्नेछन्। फाइदा मिले पनि खर्चको मात्रा बढ्नेछ। पछिका लागि गरिएको लगानीले भने फाइदा दिनेछ। तत्काललाई स्थायीभन्दा अस्थायी पेसाबाट लाभ हुनेछ। कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) Aquarius राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। सामाजिक नेतृत्व हातलागी हुनेछ। मिहिनेतले जीवनशैली उचाइमा पुर्याउन सफल भइनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। काममा विशिष्ट व्यक्तित्वको सहयोग प्राप्त होला। शुभचिन्तकहरू बढ्नेछन्। अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। परिश्रमले कीर्तिमानी दिलाउनेछ। मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) सानो प्रयत्नले अवरोधहरू चिर्न सफल भइनेछ। धेरैलाई फाइदा हुने काम सम्पादन हुनेछ। विशेष योजनाहरू बन्नेछन्। समाजमा गुमेको स्थान प्राप्त हुनुका साथै आफ्नो वर्चस्व बढ्नेछ। व्यवसायमा पनि प्रशस्तै लाभ हुनेछ। काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। धर्मकर्म तथा परोपकारी काममा प्रवृत्त भइएला। (नेपाली पात्रो)
































