नयाँ दिल्ली/ कपिल शर्मा शो सुनिल र कपिलबीचको झगडाका कारण लोप हुने अवस्थामा पुगेको छ।
सुनिलले उनी सँगको सहकार्यमा फर्कन नमानेपछि शोको टेलिभिजन रेटिङ पोइन्ट (टिआरपी) ह्वातै घटेको छ। सोही विषयलाई कारण देखाउँदै सोनी टेलिभिजनले कपिल शर्मा शो को प्रसारण बन्द गर्ने जनाएको छ।
भारतीय सञ्चार माध्यमहरुका अनुसार सोनी टिभीले उनको कार्यक्रमको विकल्पको रुपमा सुनिलको कार्यक्रम प्रसारण गर्ने तयारी गरेको छ।
सुनिलमार्फत् नयाँ कार्यक्रमको तयारी भइरहेको चर्चा चुलिए पनि सुनिलले भने यो विषयमा आफूले निर्णय गरिनसकेको उल्लेख गरेका छन्। ‘मैले केही निर्णय गरिसकेको छैन’, उनले भनेका छन्।































