सन् २०१३ को सिनेमा ‘धुम- ३’ मा अभिनेता आमिर खान र अभिनेत्री कटरिना कैफले काम गरेका थिए । यस सिनेमाले बक्स अफिसमा पनि सफलता पाएको थियो ।

वाई आर एफ वेंचरले यो सिनमालाई आफ्ना अन्य सिनेमाको तुलनामा प्रचार प्रसार पनि गरेको थियो । यस सिनेमामा अभिनेत्री कटरिनालाई मात्रै फिचरिङ गर्ने गरी एउटा गीतको तयारी गरिएको थियो जसका लागि कटरिनाले एक महिनासम्म अभ्यास गरेकी थिईन् । गीतमा केही मुव्स र स्टंट पनि समावेश गरिने भएका कारण कटरिनाको अभ्यास अलि कडा थियो ।

तर आमिरले कटरिनाको उक्त मेहनतलाई बेकार बनाईदिएक्ेको खुलासा हाल आएर भएको छ । आमिरकै भनाई र ईच्छा अनुसार यो पूरै गीतलाई नै सिनेमाबाट हटाईएको थियो । स्मरण रहोस आमिर खान आफ्ना हरेक सिनेमाको सम्पादनमा बस्छन् र आफै निर्णय लिन्छन्,के राख्ने ? के नराख्ने ?