शहरीकरण भन्नाले शहरी क्षेत्रको भौतिक,सामाजिक तथा आर्थिक बिस्तारलाई जनाउछ । चाहे त्यो छेत्रफल, जनसंख्या र पूर्वधार को बिकास किन न होस् । एकातिर शहरीकरण समस्या हो भने अर्कोतिर गरीबी हटाउने अवसर हो।

संयुक्त राष्ट्रसँगका अनुसार ग्रामीण क्षेत्रको जनमानस शहरमा गएर बस्नु र काम गर्नु पनि शहरीकरण हो।ब्यबस्थित शहरीकरण नै बिकास को मार्ग हो ।

बिगत केही बर्ष नियाल्ने हो भने नेपाल को जनसंख्यामा तिब्र बृद्धि भएको पाईन्छ । शहरमा मानिसको आर्कषण बढि देखिन्छ। सरकारी तत्थ्याङक अनुसार शिक्षा, रोजगारी, सुविधा र सरल जिबन को खोजिमा लाखौं नेपाली गाउबाट शहर भित्रने गरेका छन् ।

उचित ब्यवस्थापन, असल निती र परिवर्तनशिल योजनाहरु नहुँदा यस्ले शहरी भेगमा वतावरणीय असर र अब्यबस्थित बसोबार फैलन थालेको छ ।

शहरी क्षेत्रमा मानिसको बड्दो चापले गर्दा नेपालीहरु मुलभुत आबश्क्ताबाट पनि बन्चित रहेको पाईन्छ । जलश्रोत को धनी देश भएर पनि पानी र बिजुली जस्ता अत्याबशेक सेवाबाट रहनु हामी नेपालीहरुको दुर्भाग्य हो । शहरीकरणले अस्तब्यस्त बन्दै गएको दैनिकीले भौतिक रुपमा मात्र हैन सामाजीक र सांस्कृतीक रुपमापनि निकै समस्या सृजना गरेको छ ।

मान्छेला आफ्नो आबश्क्तालाई पुरा गर्ने बहानामा बिस्तार गरेको शहर र निती निर्माण तहमा बस्नेहरुले ‘टाउन प्लानिङ’ नबनाएका कारण शहरीकरणले असहजता निम्तीएको भन्दा फरक पर्दैन ।

भुल्नै नहुने कतिपय मौलिक कुराहरुलाई भुलेर,परम्परागत मान्यतालाई भुलेर अहिले अन्न फल्ने खेतहरुलाई पक्कीहरु बन्न थालेका छन् शहर बिस्तार गर्न थालिएको छ ।

यस तर्फ हामीले बेलैमा चसोच्ने हो भने भाबि पुस्ताले यो पुस्तासँग गुनासो गर्ने प्रसस्त ठाउहरु हुने छन् ।अहिलेको बढ्दो शहरीकरणलाई तत्काल ब्यबस्थीत गर्न सरकारले स्पस्ट निती ल्याउनु पर्छ भने शहरमा ब्यबस्थीत बसोबासका लागि नमुना कार्यक्रमहरु ल्याएर अन्न फल्ने जमिन,जंगल र पानीका श्रोतहरुको संम्रक्षण गर्न थाल्नु पर्छ ।जनतामा निजी आलीशान भवन भन्दा सामुहीक आवासमा जोड दिनु पर्छ । यस तर्फ सबैको ध्यान जानु जरुरी छ ।

(लेखक धरान स्थित वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा चिकित्साशास्त्रमा अध्यनरत छन् )