विश्व फुटबलमा प्रभाव पार्ने युरोपका लिग फुटबल सिजनको उत्कर्षमा पुगेका छन् । इंग्ल्याण्डको प्रिमियर लिग, स्पेनको ला लिगा, जर्मनीको बुण्डेस लिगा, इटालीको सिरी ए तथा फ्रान्सको लिगा वानमा अहिले उपाधि होड उत्कर्षमा छ । यि लिगमा धेरै खेलाडी सर्वाधिक गोलकर्ताको होडमा छन् । यो सिजन लिग वान क्लब पेरिस सेन्ट जर्मेनका एडिसन काभानीले २७ तथा ला लिगा क्लब बार्सिलोनाका लियोनल मेस्सीले लिगमा २५ गोल गरिसकेका छन् । कुन लिगमा कसले कति गोल गरे ? स्पेन–ला लिगा १) लियोनल मेस्सी (बार्सिलोना)–२५ २) लुइस स्वारेज (बार्सिलोना)–२३ ३) क्रिष्टियानो रोनाल्डो (रियल मड्रिड)–१९ जर्मनी–बुण्डेस लिगा १) पिएर एमरिक (बोरुसिया डर्टमुण्ड)–२४ २) रोबर्ट लेवान्डोस्की (बार्यन म्युनिख)–२४ ३) एन्थोनी मोडेस्टे (कोल्न)–२२ इंग्ल्याण्ड–प्रिमियर लिग १) रामेलु लुकाकु (एभर्टन)–२१ २) ह्यारी केन (टोटनह्याम)–१९ ३) एलेक्स सान्चेज (आर्सनल)–१८ इटाली–सिरी ए १) एन्ड्रेया बेलोट्टी (टोरिनो)–२३ २) इडिन डिजेको (रोमा)–२३ ३) ड्रिएस मेर्टेन्स (नापोली)–२० फ्रान्स–लिग वान १) एडिसन काभानी (पेरिस सेन्ट जर्मेन)–२७ २) एलेक्सएन्ड्रे लाकाजेट्टे (लियोन)–२३ ३) राडामेल फालकाओ (मोनाको)–१६