सामुन्द्रीक शास्त्र एउटा विस्तृत विधा हो । यसमा व्यक्तिको अनुहार, शरिरको अलग-अलग अंगको आंकलन गरेर व्यक्तिको स्वभाव, चरित्र अनि व्यक्तित्वको पत्ता लगाइन्छ । जन्नुहोस् दाँतको बिचमा खाली हुनु राम्रो या नराम्रो सुन्दरता : सामान्यतया दाँतको बिचमा यदि ग्याप छ भने यसले मुस्कानलाई नै फिका बनाइदिन्छ । यसैले सुन्दरताको दृष्टिले यो सहि मानिदैन । ज्योतीषीय दृष्टिकोण सुख : सामुन्द्रिक शास्त्र अनुसार जो व्यक्तिको दाँतको आकार समान हुनुको साथ(साथ चमक पनि हुन्छ, उनीहरुले निकै सुस्खको जीवन व्यतीत गर्छन् । बुद्धिमता : त्यस्तै अगाडीका दाँतको बिचमा खाली ठाउँ हुनुलाई सामुद्रिक शास्त्रले बुद्धिमताको निशानी मानेको छ । हार नमान्नेस् दाँतको बिचमा ग्याप हुने व्यक्तिले सजिलै हार मान्दैनन्। खुसी रहन जान्ने हुन्छन् त्यसैले अप्ठ्यारो अवस्था आइपर्दा आत्तिने गर्दैनन् । रचनात्मक क्षमता : मिलेको दाँत भएका व्यक्तिको रचनात्मक क्षमता पनि गजबको हुन्छ। यस्ता व्यक्तिले पैसा पनि निलै सम्हालेर राख्न जानेका हुन्छन् । पतिको प्रेम : जो स्त्रीको माथी र तल १६(१६ दाँत हुन्छन् ती स्त्रीले पतिको निकै प्रेम पाउँछन् । ठुलो लक्ष : जो व्यक्तिको अगाडीको दाँतको बिचमा खाली ठाउँ हुन्छ ती व्यक्तिको भित्र निकै उर्जा हुन्छ अनि जीवनमा एक ठुलो लक्ष हासिल गर्नेछन् । अति बोल्ने : सामुन्द्रिक शास्त्रको अनुसार यस्ता व्यक्ति निकै बोलक्कड हुन्छन्। यस्ता व्यक्ति बिना कुनै बिषय बिहान देखि बेलुकी सम्म कुरै मात्र गरिरहन सक्छन् । खुला बिचार : यस्ता व्यक्ति खुला विचारवाला पनि हुन्छन् अनि साथी पनि छिट्टै बनाउँछन् । खाना-पिनाको शौखिन : दाँतको बिचमा ग्याप हुने व्यक्तिहरु खाना(पिनाको निकै शौखिन हुन्छन् । भविष्य राजसी सुख : सामुन्द्रीक शास्त्रको अनुसार दाँतको बिचमा ग्याप हुने स्त्रीले राजसी सुख भोग्छिन् ।