बलिउड नायिका र आइटम गर्ल राखी सावन्त आफ्नो अभिनयभन्दा पनि बयानबाजीका कारण चर्चामा हुने गर्छिन् । केहि समय पहिले राखीले भगवान वाल्मीकि र उनलाई मान्ने विरुद्ध अपमानजनक बयानबाजी गरेका थिए । अब यो विषयमा उनी पक्राउ पर्नसक्ने आशंका गरिएको छ ।

पटक–पटक आदेश दिँदा पनि राखी अदालतमा उपस्थित नभएको बताइएको छ । यस विषयमा सुनुवाईको क्रममा प्रमाणहरुको आधारमा आरोपी राखी सावन्तलाई पेश हुने आदेश सुनाइएको थियो ।

पछिल्लो सुनुवाईमा मार्च ९ तारिखमा अदालतले पक्राउ पुर्जी जारी गर्दै आरोपीलाई पक्राउ गरेर ल्याउने आदेश पुलिसलाई दिइएको थियो । आदेशलाई पालना गर्दै थाना सलेमटाबरीको पुलिसले एक समूहलाई मुम्बई पडायो ।

उजुरीकर्ता अधिवक्ता नरिन्दर आदियाका अनुसार आरोपी जति नै शक्तिशाली किन नहोस्, कानूनबाट बच्न सक्दैन । उनी भन्छन्, ‘मलाई पूरा विश्वास छ कि अदालतले राखी सावन्तलाई अदालतमा पेश गरिनेछ ।’ वरिष्ठ अधिवक्ता मलविन्दर सिंह घुम्मनका अनुसार कानून सबैका लागि बराबर हो, पुलिसले अदालतको आदेश पालना गर्नुपर्ने हुन्छ ।

राखी सावन्त विवादमा फसेको यो पहिलो घटना भने होइन । योभन्दा पहिले पनि सलमान खान, करण जोहर र थुप्रै संवेदनशील मुद्दामाथि राखीको बयानले अचम्ममा पारेको थियो ।

(राताेपटीबाट)