शिवपुरी/मध्यप्रदेशको शिवपुरी जिल्लाको रिनहाई भन्ने गाँउमा एक अनौठो बिवाहको आयोजना भएको छ । आजसम्म यस्तो अनौठो बिवाह नत सुन्नु भएको थियो रु यो अनौठो बिवाह ऊँट र ऊँटनीको हो । कल्लो नाम गरेकी पोथी ऊँटको बिवाह गोपाल नाम गरेको भाले ऊँटसँग गरिदिएका छन् । यो अनौठो बिवाह हेर्नका लागि टाढा(टाढाबाट आएका मानिसको मेला लागेको ठियो । खासमा कल्लो नाम गरेकी पोथी ऊँटकी मालिक नरेश रघुवंशीले उसलाई आफ्नै छोरी जसरी पालेका थिए ।
चार बर्षकी कल्लोको बिवाह छिमेकी गाँउको लक्ष्मण सिंहको ऊँट गोपालसँग गरिदिएका हुन् बिवाहका लागि उँटका मालिक नरेशले एक हजार कार्ड छपाएर पाहुनालाई निम्तो दिएका थिए । बिवाहमा आउने पाहुनाका लागि खाने( पिउनेको भब्य ब्यवस्था थियो । यस बिवाहमा पीपलको बोटमा ७ फेरा लिएर सम्पन्न भएको थियो ।