
कपिल शर्मा पछिल्ला केही दिन यता समस्यामा छन् । सुनील ग्रोवर, अली असगर तथा चन्दन प्रभावकरले शो छोडेपछि ‘द कपिल शर्मा शो’ का निर्माता राजू श्रीवास्तव, एहसान कुरैशी तथा सुनील पाललाई बोलाएका छन् ।
तर अब कपिलसँग न कुनै टीम छन् न कुनै बलिउड सेलिब्रेटी शोमा आउन चाहिरहेका छन् । मात्र किकू शारदा तथा रोशेलका साथ कपिललले यो शो गर्न सक्ने अवस्था छैन ।
स्पोटव्याइको रिपोर्ट अनुसार कपिलको टीममेट्स पछि अव बलिउड सेलिब्रेटीले पनि शो मा आउन मानेनन् जसका कारण कपिलको बुधबारको शो क्यान्सिल भएको थियो ।
हालै कपिलले मनोज बाजपेयी तथा पन्नुका साथ जुन भाग शुटिङ गरेका छन्, त्यसमा अली असगर तथा सुगंधा मिश्रले पनि सहभागीता जनाउन इन्कार गरेका छन् ।
केही दिन अघि कपिलले अस्ट्रेलियाबाट फर्कदै गर्दा सुनील ग्रोवर लगायतका साथीमाथि दुव्र्यवहार गरेपछि उनी समस्यामा परेका छन् ।