पेरिस घट्नाको विषयमा हलीउड टिभी स्टार किम कर्दशियनले आफ्नो मुख खोलेकी छिन् । २०१६ मा उनीमाथी भएको लुटपाटको घटनाको दौरान उनलाई लागेको थियो कि चोरहरुले उनीमाथी बलात्कार गर्न कोशिश गर्नेछन् र गाली मार्नेछन् । किम अक्टूबर २०१६ मा पेरिस फेशन वीकमा सहभागी हुनका लागि पेरिस पुगेकी थिइन, जहाँ उनको साथ यो घट्ना घटेको थियो । एसशोबिजको रिपोर्टका अनुसार, किमले यो कुराको खुलासा ‘कीपिंग अप विद द कर्दशियन्स’ शोमा बुधवार गरेकी छिन् । किमले तीन अक्टूबरमा भएको घट्नाको याद गर्दै भनिन्, ‘पुलिसको भेषमा आएका चोरहरुले ममाथी बन्दुक तेर्साएका थिए ।

मलाई त्यस बेला यस्तो लाग्यो कि उनीहरुले मलाई बलात्कार गर्नेछन् र गोली हानी मार्नेछन् ।’ किमले उक्त घट्नाको याद गर्दै अगाडी भनिन्, “म बन्दुकलाई हेरिरहेकी थिएँ, त्यसपछि मैले पछाडीबाट गएको सिढी देखें । त्यसपछि मैले चिच्चाउने प्रयास गरे तर उनीहरुले म चिच्चाउनुभन्दा अगाडी नै मेरो मुखमा टेप लगाइदिए ।”