पहिलो पटक फ्रन्टबाट करीना कपूर खानसँग छोरा तेमूर अली खानको तश्वीर बाहिर आएको छ । यो तश्वीरमा करीना आफ्नो छोरा तेमूरलाई काखमा लिएको देख्न सकिन्छ भने छोरा तेमूरको ओठमा मिठो मुस्कान छल्किएको छ ।

फोटोमा आमा छोरा निकै क्यूट देखिएका छन् । करीनाले २० डिसेम्बर २०१६ मा छोरा तेमूरलाई जन्म दिएकी थिइन । करीना कपूर वुधबार राती तीन महिनाको छोरा तेमूर अली खानसँग आउटिंगमा देखिएकी थिइन ।

डिलीभरीपछि करीनालाई यसभन्दा अगाडी गर्लग्यांग र श्रीमान सैफ अली खानसँग देखिसकेकी छिन् । यो पहिलो मौका हो, करीना छोरा तेमूरसँग बाहिर निस्किएकी । यस दौरानमा करीनासँग बहिनी करिश्मा कपूरपनि साथमा थिइन् ।