पाँचकन्या / मिष्टर एण्ड मिस धरान नेपाल–२०७३ को उपाधि धरान–१६ स्थित नवोदय उच्च मावि कक्षा–११ (होटल म्यानेजमेण्ट) मा अध्ययनरत विपना श्रेष्ठले र मिस्टर धरानको उपाधि सुमिन आचार्जुले जितेका छन् । धरानको सभागृहमा शनिबार सम्पन्न अन्तिम प्रतिस्पर्धामा उनीहरुले उपाधि जितेका हुन् । प्रतियोगितामा फस्ट रनर अप सुमन राई, निकिता ताम्राकारले हात पारे भने सेकेण्ड रनर अप सुमित श्रेष्ठ, रविना फुँयाल भए । अन्तिम राउण्डमा ११ पुरुष र १३ महिला सहभागी थिए ।
आयोजक ह्वाइट एलिफेन्टकी संयोजक ज्योत्स्ना डङ्गोलका अनुसार उनीहरुलाई अहिले ¥याम्पवर्क, ग्रुमिङ कक्षा, मोटिभेसनका कक्षाहरु प्रदान गरिएको थियो । विजेताहरुले नगदसहित क्राउन प्रदान गरिएको थियो । व्यक्तिगततर्फ बेस्ट वर्क, बेस्ट मिस पर्सनालिटी, फोटोजेनिक, पपुलर च्वाइस, बेस्ट ट्यालेन्ट, बेस्ट डिसिप्लिन टाइटलको उपाधिसमेत दिइएको थियो । मिस्टर नेपालका सन्दीप पोखरेल, नम्रता श्रेष्ठ, गगन श्रेष्ठ कार्यक्रमको निर्णायक थिए ।