अभिनेत्री नीता ढुङ्गाना शनिबार राजधानीमा आयोजित फिल्म 'निर्भय'को प्रचारात्मक कार्यक्रमका केहि फरक रुपमा प्रस्तुत भईन् । मिडियाकर्मीमाझ खुलेर प्रस्तुत भईन् । चैत्र ११ मा रिलिजको क्रममा रहेको फिल्मको बारेमासँगै केहि व्याक्तिगत कुरा पनि नीताले मिडियामाझ पोखिन् ।

'निर्भय'मा निकै मेहनत गरेको र राम्रो काम गरेकोले दर्शकको साथ पाउने आशा व्यक्त गरेकी नीताले यो फिल्मलाई पछिल्लो पटक आफुले निकै आशाको नजरबाट हेरेको बोलिन् । हिुरोप्रधान मानिने नेपाली फिल्म उद्योगमा फिल्म नचल्नुमा अभिनेत्रीलाई लाञ्छाना लगाउने अनि फ्लपको ट्याग भिराउने प्रवृति विरुद्ध उनले आवाज निकालिन् ।

प्रेम सम्बन्धको बारेमा बोल्न नचाहेकी नीतालाई 'निर्भय'का लिड अभिनेता निखिल उप्रेतीले केहि समय पहिले २० लाख पारिश्रमिक दिए बर्षमा २ वटा मात्र फिल्म खेल्ने बोलेको स्मरण गराउँदै तपाईंको रेट कति भनेर प्रश्न गर्दा उनले जवाफ फर्काईन, 'त्यसको ठ्याक्कै आधा' ।

नीताले यदि कुनै निर्माताले १० लाख पारिश्रमिक दिएर फिल्ममा अनुबन्ध गराउँछ भने म्युजिक भिडियो पनि नगर्ने र उक्त फिल्म रिलिजसम्म अन्य फिल्म नगर्ने समेत घोषणा गरिन् । तर पारिश्रमिक कम हुने कारण नै फिल्मसँगै अक्कल झुक्कल म्युजिक भिडियोको काम गर्ने बाध्यता आफुहरुमा रहेको उनको कथन थियो । 'निर्भय'लाई देविप्रसाद पाण्डेको लगानीमा मधुसुदन भट्टराईले निर्देशन गरेका छन् ।