हास्य कलाकार कपिल शर्मालाई हालै उनकी एक फ्यानले उनी भावी पत्नीका लागि उपहार दिइन्। फ्यानले उपहार दिए पनि कपिलको तत्काल विहे गर्ने कुनै योजना भने छैन्। तर, एक समय उनले विहेको तयारी गरेका थिए जून कारणवश हुन सकेन। उनले विवाह गर्न लागेकी भनेर चर्चामा आएकी युवती थिइन, भवनीत उर्फ गिन्नी चतरथ।
यसको खुलासा केही वर्ष अगाडी स्वयम उनका भाइले गरेका थिए।कपिल जालन्धरकी भवनीत चतरथसँग विवाह गर्न चाहन्थे जसलाई गिन्नी नामले बोलाइने गरिन्थ्यो। दुबैले ‘हंस बलिए’ नामक कडेमी शोमा समेत एकसाथ काम गरेका थिए। कपिलले उनको डेब्यू फिल्म ‘बैंक चोर’नाम फिल्म रिलिजपछि विहे गर्ने योजना बनाएका थिए।
गिन्नीका अलावा कपिलको नाम उनको प्रोडक्सन कम्पनी ‘के नाइन’की क्रियटिभ डाइरेक्टर प्रीति सिमोससँग पनि जोडिने गरेको छ जसको पुष्टि भने हुन सकेको छैन्।