धरानका तिरज लिम्बूले एकल सोलो एल्वम ‘प्रयत्न’ ल्याएका छन् । धरान–१० का स्थायी बासिन्दा लिम्बूको एल्वमको विमोचन समेत भएको छ । द भ्याष्टिज ब्याण्डको ब्याण्ड मेम्बर भोकलिष्ट र रिदम गिटारिष्ट लिम्बूले प्रयत्नस्वरुप एकल सोलो एल्वम ल्याएको बताएका छन् । ६ वटा गीत समावेश गरिएको एल्वमको २ वटा गीतको भिडियो समेत ल्याइसकेको उनले बताए ।
दुखेको मुटु र तिम्रो सम्झना बोलको गीतको भिडियो सार्वजनिक भइसकेको सञ्चारमाध्यमबाट प्रशारण समेत भइरहेको उनले जनाए । गीतको शब्द स्वयं आफैं र पारस लिम्बू, शिवराज गुरुङ, द भ्याष्टिजको रहेको छ । सङ्गीत मनोज मोते, साहस शाक्य, प्रतिक थापा, विकास गुरुङ, फत्तेमान लिम्बूको रहेको छ ।
अन्य गीतको भिडियो समेत चाँडै छायाङ्कन गरिने तयारीमा लागिपरेको उनले जानकारी दिए । ‘भविष्यमा गीत–सङ्गीप्रतिको मेरो मोह हट्ने छैन निरन्तरता दिइरहनेछु’ उनले थपे, ‘स्रोता, दर्शकले माया गरेमा मेरो अन्य प्रयत्न जारी रहनेछ ।’