काबुल/ अफगानिस्तानमा जरीना नाम गरेकी एक महिलाको मध्यरातमा दुबै कान काटिएको छ । कान काटेको अरुले होइन आफ्नै जीवनसाथीले हो । कान काटिँदा जरीना मस्त निन्द्रामा थिइन् ।jarina जरीनाले यसअघि पनि पतीले आफूलाई यातना दिँदै आएको बताएकी छिन् भने उनीमाथि कडा कारबाहीको माग गरेकी छिन् । घटना बाल्ख प्रोभिन्स भन्ने स्थानको हो, जुन स्थान उज्वेकिस्तान र ताजकिस्तानको सीमा क्षेत्रमा पर्छ । २३ वर्षीया जरीनाको १३ वर्षको उमेरमा काशिन्दा लिजेसँग बिबाह भएको थियो भने त्यतिबेलै देखि उनी यातनाको शिकार भएकी थिइन् । स्थानीय अस्पतालमा उपचाररत उनले भनिन्, रातमा सुतिरहेको थिएँ, श्रीमानले हमला गरे । उनका अनुसार आफूलाई कुट्दै श्रीमानले चक्कुले दुबै कान काटिदिएका थिए । पीडितका अनुसार श्रीमानले सँधै उनलाई शंकाको दृष्टिले हेर्थे भने माइत जाँदा जरीनाले अरुनै युवकसँग सम्बन्ध कायम गर्ने गरेको अरोप समेत लगाउँथे ।