वि.सं. २०७३ साल असोज २१ गते। शुक्रबार। इश्वी सन् २०१६ अक्टोबर ७ तारिख। नेपाल संवत् ११३६ कौलाथ्व। आश्विन शुक्लपक्ष। तिथि– षष्ठी, १५:३१ बजेउप्रान्त सप्तमी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) स्वास्थ्य कमजोर रहनाले चिताएको काम पूरा गर्न नसकिएला। कामका जिम्मेवारी भने बढिरहनेछन्। श्रमपूर्वक समर्पित हुँदा पनि कामको मूल्य नपाइने परिस्थिति देखिन्छ। विविध चुनौती सामना गर्नुपर्दा दिक्दारी बढ्न सक्छ। बाध्यतामा अलमलिनुपर्दा मन खिन्न रहनेछ। मध्याह्नपछि अरूकै काममा अलमलिनुपर्ला। फाइदा उठाउन गोपनीयतामा ध्यान पुर्याउनुहोला। बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) Taurusबिहानको समय रमाइलो तथा कामका लागि अनुकूल रहनेछ। परिवारजनको साथले नयाँ आशा जगाउनेछ। मनपर्ने भौतिक साधन जुट्नेछ। मध्याह्नदेखि स्थिति प्रतिकूल बन्नाले काममा समय दिन नसकिएला। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ। अर्थ अभावले योजनासमेत रोकिन सक्छ। मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) Geminiमेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। रकम तथा भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। मध्याह्नदेखि लोकाचार तथा उपहारमा खर्च बढ्न सक्छ। बलभन्दा बुद्धिको उपयोगले काम लिने प्रयास गर्नुहोला। सद्विचार लिनेहरूका लागि समय उत्साहजनक रहनेछ। पुरुषार्थी कामले राम्रै फाइदा दिनाउनेछ। कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) Cancerआँटले काम लिन नसक्दा पछि परिनेछ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला। पहिलेका समस्या दोहोरिन सक्छन्।मध्याह्नपछि प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्ति होला। प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ। रचनात्मक कार्यमा जुट्दा मनग्य फाइदा उठाउन सकिनेछ। सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) Leoअवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले झुक्याउन सक्छन्। विशेष योजना गोप्य राख्नुहोला। आश्वासन दिनेहरूबाटै धोका हुन सक्छ। चिताएको काम आंशिक मात्र बन्नेछ। पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला। कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) Virgoछोटो समयमा उपलब्धि हात पार्ने अवसर प्राप्त हुनेछ। विभिन्न भौतिक साधन संग्रह गर्ने मौका छ। प्रतिद्वन्द्वीहरूलाई पछि पार्न सकिनेछ। चिताएको काम पनि पूरा हुन सक्छ।मध्याह्नदेखि साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। बेसुरमा काम गर्ने बानीले मेहनत खेर जानेछ। पुरानो गतिले पनि काम बिग्रन सक्छ। फाइदा कम देखिए पनि प्रयास दोहोर्याउनुहोला। तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) Libraलगनशील बन्दा प्रशंसकहरू बढ्नेछन् भने मनग्य धन लाभ हुनेछ। विचारले धेरैलाई प्रभावित पार्न सकिनेछ। बोलीको भरमा काम बन्न सक्छ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। मध्याह्नदेखि आर्थिक रूपमा राम्रै फाइदाको योग छ। बिनाप्रतिस्पर्धा धनलाभ हुनेछ। नौलो प्रकृतिको काम शुभारम्भ होला। प्रतिस्पर्धीहरूले हार खानेछन् भने शुभचिन्तकहरूले राम्रो सहयोग जुटाउनेछन्। बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) Scorpioमेहनत गर्दा विभिन्न अवसर मिल्नुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। हिम्मतले काम बनाउन सकिनेछ। ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ। सानो प्रयत्नले ठूलो फाइदा हुनेछ। दीर्घकालसम्म फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। उपलब्धिले उत्साह जगाउनेछ। बोलीको भरमा काम सम्पादन हुन सक्छ। तार्किक क्षमताले मानसम्मान र फाइदा दिलाउनेछ। धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) Sagittariusजोखिम हुने काममा हात हाल्न केही समय पर्खनुहोला। छर–छिमेकमा असमझदारी बढ्ने योग देखिए पनि मध्याह्नपछि स्थितिमा सुधार आउनेछ। सुरुमा खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ। चिताएका काममा शुभचिन्तकहरूले साथ दिनेछन्। टाढाका साथीभाइको निम्तो प्राप्त हुन सक्छ। पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) Capricornआम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। प्रयत्न गर्दा ऋणमोचन हुने सम्भावना छ। तर उठ्नुपर्ने रकम हातलागी भए पनि खर्च गर्नुपर्ला। मध्याह्नपछि आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्लान्। आम्दानी भए पनि खर्च बढ्नाले अर्थ संग्रहमा बाधा पुग्नेछ। यात्रा गर्ने अवसर जुट्नेछ। जोखिम उठाउनुपरे पनि पछि फाइदा हुने काम प्रारम्भ हुन सक्छ। कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) Aquariusप्रयत्न गर्दा विशेष स्थान प्राप्त हुन सक्छ। विभिन्न अवसरले पछ्याउनेछन् भने पछि फाइदा हुने कामको जग बसाउन सकिनेछ। मेहनतले नाम, दाम र इनाम दिलाउन सक्छ। मध्याह्नदेखि लाभदायक काम प्रारम्भ भए पनि सोचे जति उपलब्धि प्राप्त नहुन सक्छ। सानातिना काम र घरेलु समस्यामै भएको आम्दानी खर्च हुने समय छ। धन संग्रहमा बाधा होला। मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) काम गर्ने अवसर मिले पनि ठूलो आर्थिक लाभ नहुन सक्छ। केही काम स्थगन गर्नुपर्ने स्थिति आउन सक्छ। तापनि मध्याह्नपछि अरूको साथ जुट्नेछ। प्रयत्न गर्दा पदीय जिम्मेवारी प्राप्त हुने ग्रहयोग छ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। कीर्तिमानी काम सुरु गर्ने समय छ। (नेपाली पात्रो)